सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ३२ गते सम्म कायम रहने छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो ।
स्थानीय तहहरुमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिदै गएकाले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने प्रशासनले निर्णय गरेको हो ।
भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नकालागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।
साउन २० गते ढुवानी बाहेकका सवारी रोक्दै अत्यावश्यक बजार पसल सीमित समय खोल्ने निर्णय गरेको प्रशासनले भोलिपल्ट २१ गते रातीबाट लागु हुने गरी जिल्लालाई निषेधित क्षेत्र तोकेको थियो । प्रशासनले निषेधित क्षेत्र कायम गर्दा तोकिएका सर्त र नियमहरु यसअघि सरह लागु रहने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved