नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक, पुरुष संक्रमित ८४ प्रतिशत

  • प्रकाशित मितिः श्रावण २७, २०७७
  • 1052 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ।

 

यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्। ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ।’

पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन्। जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन्। स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम घरबाहिर निस्कने र काम गर्न चलायमान हुने भएकाले पुरुषमा बढी संक्रमण र मृत्युदर पनि बढी देखिएको बताउँछन्। मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुरोग, निमोनिया, श्वासप्रश्वासलगायत दीर्घ रोगबाट महिला-पुरुष नै पीडित छन्। दीर्घरोगीलाई कोरोनाले मृत्युको मुखमा पुर्‍याउने जोखिम हुने विज्ञको भनाइ छ।

‘पुरुषमा बढी संक्रमण देखिनु स्वाभाविक नै हो। कोमर्बिडिटी डिजिज भनिने मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप र मिर्गौलाको समस्या महिलामा पनि पुरुषमा बढी देखिएको छ’, डा. बम भन्छन्, ‘कोमर्बिडिटीको अवस्था पुरुषमा बढी देखिएकोले मृत्युदर पनि बढी पाइएको हो।’

ग्लोबल हेल्थ ५०-५० गरेको अध्ययनले धूमपान, मद्यपान, अस्वस्थ जीवनशैलीका कारण महिलाको तुलनामा पुरुषको स्वास्थ्य कमजोर हुने निष्कर्ष निकालेको छ। उसले कोरोना अति प्रभावित २० मुलुकमा आधारित रहेर अध्ययन गरेको थियो। चीनमा आधाभन्दा बढी पुरुषले धूमपान गर्छन्। जनसंख्याको दुई प्रतिशत महिलाले मात्र धूमपान गर्छन्। इटालीमा ३० प्रतिशत पुरुषले धूमपान गर्छन्। त्यहाँ धूमपान गर्ने महिलाको संख्या १९ प्रतिशत छ। अमेरिकामा महिलाभन्दा चार प्रतिशत पुरुषले बढी धूमपान गर्छन्। विश्वभरि नै विशेषगरी ६० वर्ष नाघेका पुरुषलाई संक्रमणको बढी जोखिम देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार युरोपमा ११ हजार २ सय २८ जना संक्रमित हुँदा ५७ प्रतिशत पुरुष थिए। १ हजार ३२ जनाको मृत्यु हुँदा महिला २ सय ९५ (२८ प्रतिशत) थिए। दक्षिण कोरिया, इटाली, फ्रान्स, जर्मनी, इरान, स्पेनमा संक्रमण र मृत्यु हुनेमा पुरुष धेरै छन्। इटालीमा १० जना महिलाको मृत्यु हुँदा पुरुषको संख्या २४ छ। चीनमा १० महिलाको मृत्यु हुँदा पुरुषको संख्या १८ छ। जर्मनीमा १० महिलाको मृत्यु हुँदा पुरुष १६ जना छन्। इरानमा १४ पुरुषको मृत्यु हुँदा महिलाको संख्या १० छ। फ्रान्समा १० महिलाको मृत्यु हुँदा पुरुष १४ जना देखिन्छ। दक्षिण कोरियामा १० महिलाको मृत्यु हुँदा पुरुष १२ जना छन्। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved