गोंगबु हत्या प्रकरणः अवैध सम्बन्ध र लेनदेन प्रमुख कारण

  • प्रकाशित मितिः श्रावण २८, २०७७
  • 1362 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । आइतबार गोंगबु गणेशथाननजिकै भएको बीभत्स हत्याको कारण अवैध सम्बन्ध र आर्थिक लेनदेन रहेको पाइएको छ । हत्यापछि फालिएको अवस्थामा शव भेटेलगत्तै तीव्र रूपमा अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

 

आइतबार विहान ७ बजे गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव फेला परेको थियो । टाउकोबिनाको शव भेटिएपछि प्रहरीले तालिम प्राप्त कुकुरको सहायताबाट सुटकेस भेटिएको स्थानबाट करिब तीन सय मिटर पर टाउको र खुट्टासहितको अर्को झोला भेटेको थियो । सोमबार प्रहरीले मृतक कृष्णबहादुर बोहोराको तस्बिर सार्वजनिक गरेपछि उनका आफन्त प्रहरीसामु पुगेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने हत्यामा संलग्न आरोपी कल्पना मुडभरी पौडेललाई प्रहरीले सोमबार साँझ नै चितवन टाँडीबाट पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । घटनास्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरूको उपस्थिति हुन सक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको हो ।पौडेलसँगै उनका छोराछोरीसँग लिइएको बयानअनुसार घटनामा उनको मात्रै संलग्नता रहेको देखिएको छ । तर हत्यापछि शव फ्याँक्न भने उनले १५ वर्षकी छोरीलाई समेत साथमा लगेको अनुसन्धानमा खुलेको छ । शव व्यवस्थापनमा सघाएको पाइएपछि छोरीसमेत पक्राउ परेकी छिन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । छोरा भने कम उमेरको भएको र घटनाबारे कुनै जानकारी नभएकाले पक्राउ गरिएको छैन ।

प्रहरीले हत्या भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड (सिडिआर), छोराछोरीसँगको बयानलगायत सबैले घटनामा कल्पनाको संलग्नता पुष्टि भएको भनेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले हत्या फिल्मी शैलीबाट भएको बताए । ‘हत्या भारतीय सिरियल तथा फिल्मी शैलीबाट गरिएको देखिन्छ । आफंै घरमा बोलाएर खानपिन गराएर हत्या गरिएको छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले भने ।

‘दहीमा सिल्पिङ ट्याब्लेट मिसाएर खुवाएँ’

हत्याका अभियुक्त कल्पना मुडभरी पौडेलले कृष्णबहादुर बोहोरालाई घरमा बोलाएर खानासँगै सिल्पिङ ट्याब्लेट खुवाएर लठ्ठिएपछि हत्या गरेको बयान दिएकी छन् । उनले आफ्नो कोठामा शनिबार साँझ ५ बजेतिर कृष्णबहादुर आएको र दुवै जनाले भोड्का रक्सी, दही, चिउरा खाएको तर कृष्णलाई भने आफूले दहीमा पाँचवटा सिल्पिङ ट्याब्लेट मिसाएर खुवाएकोे भनेकी छन् ।

उनले आफूसमेत डिप्रेसनको रोगी भएकाले दैनिक एउटा ट्याब्लेट खाएर सुत्ने गरेको र त्यही ट्याब्लेट दहीमा मिसाएको प्रहरीलाई दिएको बयानमा भनेकी छन् । प्रहरीसँगको बयानमा उनले फेसबुकमार्फत आफ्नो नग्न तस्बिर सार्वजनिक गर्ने र यौन सम्बन्धका लागि ब्ल्याकमेल गर्ने गरेपछि हत्या गरेको भनेकी छन् ।

सिल्पिङ ट्याब्लेटको असरले कृष्णबहादुर लट्ठ भएपछि अण्डकोषमा हम्मरले हानेर बेहोस बनाएको र त्यसपछि सलले घाँटीमा बाँधेर हत्या गरेको अभियुक्त पौडेलले प्रहरीसमक्ष बयान दिएकी छन् ।

हत्यापछि पौडेल शव व्यवस्थापनतिर लागेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् । सो क्रममा उनले शवलाई शौचालयमा लगेर टाउको र दुवै खुट्टा काटेको र त्यसपछि व्यवस्थापनमा छोरीलाई समेत साथमा लगेको भनेकी छिन् ।

प्रहरीका अनुसार पौडेलले टाउको र खुट्टाबिनाको शव सुटकेसमा राखेर राति ११ बजेपछि घरबाट करिब ५० मिटर अगाडि सडकमा रोकिराखेको दुई वटा गाडीको बिचमा सर्लाही खाद्य पसल अगाडि फालेकी थिइन् । त्यसपछि टाउको र खुट्टा भएको जेब्रा झोला लगेर फ्याँक्न लाग्दा पानी परेपछि उनले त्यसबखत छोरीलाई समेत साथमा लगेको प्रहरी बताउँछ । झोला फालेर फर्किएका उनीहरू कोठामा गएर सुतेको पाइएको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार ज्यान गुमाउने बोहोरा गत मंसिरदेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए । होटलका सञ्चालक दीपेन्द्र छत्कुलीका अनुसार बोहोरा शनिबार अपराह्न स्कुटर चढेर गेस्ट हाउसबाट निस्किएका थिए ।

फेसबुकमा चिनजान र अवैध सम्बन्ध

हत्याको अनुसन्धानमा संलग्न अधिकृतका अनुसार हत्याका अभियुक्त कल्पना मुडभरी र मृतक कृष्णबहादुर बोहोराबीच करिब दुई–तीन वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो ।श्रीमान् विदेशमा भएको र श्रीमान् श्रीमतीबीच सम्बन्धसमेत राम्रो नरहेकाले कल्पनाको कृष्णबहादुरसँग आउजाउ बाक्लियो । कृष्णबहादुरसमेत विदेशबाट फर्किएका र दुई श्रीमती भए पनि दुवै श्रीमतीसँग राम्रो सम्बन्ध थिएन । यसबीचमा उनीहरूबीच अवैध सम्बन्ध गाँसियो ।

पछिल्लो समय बोहोराले फेसबुकमा आफ्नो फेक प्रोफाइल बनाएर विभिन्न पुरुषसँग कुराकानी गर्ने, गोप्य तस्बिरहरू पठाइदिने गरेको पौडेलले प्रहरीसँगको बयानमा भनेकी छन् । फेसबुकमार्फत नग्न तस्बिरहरू अरूलाई पठाइदिने र जथाभावी सार्वजनिक गर्दै आफूलाई ब्ल्याकमेल गर्ने र सम्बन्ध राख्ने गरेको बयानका क्रममा पौडेलले भनेकी छन् । सोही कारण आफूले हत्या गरेको उनले बताएकी छन् ।

एम्बुलेन्स चढेर चितवन

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार आइतबार बिहान ७ बजे प्रहरीले शव बरामद गरेको पौडेलले थाहा पाइसकेकी थिइन् । टाउको र खुटा खोज्ने क्रममा कुकुर उनी बसेकै घरतर्फ लागेपछि उनले झ्यालको पर्दासमेत लगाएको प्रहरीलाई भनेकी छन् । तर कुकुर घरभित्र प्रवेश नगरी टाउको र खुट्टा भएको स्थानतिर गएपछि उनले एम्बुलेन्सलाई फोन गरेर चितवन जाने तयारी गरेको बुझिएको छ ।

घरभेटीलाई समेत उनले शुक्रबारै माइत जाने भनेर बताइसकेका कारण उनी एम्बुलेन्स चढेर छोराछोरीसहित चितवन गएकी थिइन् । प्रहरी स्रोतका अनुसार एम्बुलेन्स बिरामी लिएर काठमाडौं आएको थियो । महेश्वर गाैतमले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved