प्रदेश १ मा ६० हजारको कोरोना परीक्षण

  • प्रकाशित मितिः श्रावण २८, २०७७
  • 790 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / प्रदेश १ मा ६० हजार बढी स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको हो । प्रदेश १ का जिल्लाको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताए ।

उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेकोजानकारी दिए । पीक्षण गरिएका मध्ये एक हजार पाँच सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ । ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा प्रदेश २ का दुई जनासहित ८ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ का मृत्यु हुने छ जना मोरङका हुन् ।

 

प्रदेश १ मा मोरङमा सवैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन् । १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताए । महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्यावले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगर विभिन्न संघ संस्थाबाट लिइएको नमूना १ हजार ४ सय ८० रहेको उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वाबको परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । झापाको मेची अञ्चल अस्पतालको ल्याव सञ्चालनको तयारीमा रहेको उनको भनाइ छ । मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताए ।
प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव होल्डमा रहेको बताए । उनले दैनिक ७ सय स्वाब होल्डमा हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved