काठमाडौँ / नेपालमा कोरोना भाइरस संक्रमणबाट बुधबार थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।काठमाडौं टेकुकी एक महिला, धादिङका एक पुरुष, जनकपुरका एक पुरुष र एक महिला, सप्तरीका एक पुरुष, मोरङ बुढीगंगाका एक पुरुषको मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुका एक पुरुष, बाराका एक पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ । प्रवक्ता गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको जनाए । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved