सजना हत्या प्रकारणमा १८० पेजको म्यIसेज भेटिदा पनि प्रहरी प्रशसन माैन

  • प्रकाशित मितिः साउन २९, २०७७
  • 3666 पटक पढिएको
  • समय अनलाइन

जीवन फूयाल/

भोजपुर नगरपालिका–१० माइती घर भएकी ३४ वर्षीया सजनालाई क्वाँटी पूर्णिमाका दिन घर बोलाएर हत्या गरी झुण्ड्याएर आत्महत्या गरेको बनाउन खोजिएको माइती पक्षको दाबी छ । ‘सजना झुण्डिएको नभई, झुण्ड्याइएको हो’ बुबा बमबहादुरले भने, ‘घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई कानूनी कठघरामा उभ्याएर कारबाही गरिनुपर्छ ।’

विहेपछि ज्वाइँ (गणेश) लाई विदेश नगई पसल सञ्चालन गरेर बस्नुभन्दा पनि नमानी विदेश गएको र यहाँ आएपछि आफ्नो छोरीको हत्या गरेको आरोप उनको छ । मृतक सजनाको काका चक्रबहादुर श्रेष्ठले ज्वाइँले विदेशबाट फोन गरेर भतिजीलाई नेपाल आएर मारेर तीन महिना जेल बस्छु भनेर फोनमा धम्क्याएको बताए । उनले ज्वाइ असोजमा विदेशबाट आउँदा घर नआई केटी लिएर काठमाडौं, सुनसरीको तरहरातिरै बसेको समेत बताए ।

मृतकका ठूलोबुबा रामचन्द्र श्रेष्ठले विदेशबाट आएप्छि पनि पटक–पटक दुवै जनालाई राखेर मिलाउने प्रयास गरेको भए पनि अहिले आएर हत्या नै गरेको बताए । प्रहरीले घटना भएदेखि नै सजनाको आफन्तसँग अभद्र व्यवहार गरेको, फोटो खिच्नसमेत नदिएको, प्रमाणहरू नष्ट गर्न खोजेको, मुचुल्का बनाउँदा मृतकको माइती पक्षलाई बोल्न नदिएको उनको आरोप छ । ‘घटना घट्यो, अपराध हो कि होइन हामीलाई शङ्का लाग्यो दोषीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर भन्दा प्रहरी मान्दैन’ –उनले भने ।

माइती पक्षले पाख्रीबास–८ का ज्वाइँ गणेश प्रधान, ससुरा डम्बर प्रधान र सासू भीमकुमारी प्रधानविरुद्ध हत्याको जाहेरी दर्ता गरेका छन् । मृतकका आफन्तहरूले ज्वाइँ गणेशले फेसबुक म्यासेञ्जरमा सजनालाई गरेको १ सय ५६ पेज लामो सजना हत्या प्रकारणमा १८० पेजको मेयसेज भेटिदा पनि प्रहरी प्रशसन माैन गालीसहितको ज्यान मार्न दिएको धम्की र अडियो रेकर्ड सुनाएका थिए । घटनाको प्रकृति र विभिन्न प्रमाणको आधारमा मृतक सजनाको हत्या भएको ठहर आफन्तहरूको छ ।

जाहेरी नलिएको विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले प्रारम्भिक सर्जमिन मुचुल्का र शव पोष्टमार्टमका आधारमा आत्महत्या देखिएकोले हत्याको जाहेरी लिन नसकिएको बताए । उनले घटनाको अनुसन्धान जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved