इटहरी । धरानमा शुक्रबार बिहानै दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा बनेको रेनडोम मास टेस्टिङ समितिले समुदायमा गरेको मास टेस्टिङको क्रममा आज दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
धरान १९ की ३३ वर्षीय महिला र इटहरी ८ ठेगाना उल्लेख गरिएको ३० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज संक्रमित हुने मध्ये एक जना इटहरीका हुन भने उनले धरानको मास टेस्टिङमा स्वाब दिईएको बुझिएको छ ।
उनको बारेमा थप जानकारी लिने क्रममा रहेको प्रमुख मेहेताले बताए । साउन २६ गते एन्फा क्वारेनटाइनमा लिईएको स्वाबको रिपोर्ट आज आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved