इलाका प्रहरी कार्यालयआर्थिक चलखेल गरेको आरोपमा

  • प्रकाशित मितिः साउन ३०, २०७७
  • 1602 पटक पढिएको
  • समय अनलाइन

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीसहित एक प्रहरी निरीक्षकलाई विभिन्न मुद्दामा आर्थिक प्रलोभनमा परी मुद्दा कमजोर बनाउनुको साथै अनावश्यक रकम मागेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण सोधिनेमा मुद्दा शाखाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेलकी इन्चार्ज सई कृष्ण अधिकारी छन् । तीनजनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले लिखित स्पष्टीकरण सोधिएको हो ।

डिएसपी भण्डारीसहित सबैलाई बिहीबारको मिति राखी २४ घण्टा भित्र लिखित स्पष्टीकरण दिन भनिएको छ ।

गत वैशाखमा इटहरी २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीमा कर्मचारीका रूपमा कार्यरत एक १९ वर्षीय युवतीलाई मन्टेश्वरी सञ्चालक सन्तोष कटवालले जबरजस्ती करणीको प्रयासको घटनामा मुद्दा नचलाउने भन्दै प्रहरीले आर्थिक चलखेल गरेको थियो । कटवाल विरुद्धको जाहेरीy प्रहरीले १७ दिनपछि मात्र दर्ता गरेको थियो । यस घटनामा इटहरी प्रहरीले पाँच लाख नगद लिएको र पछि मुद्दा दर्ता गरेपछि उक्त रकम फिर्ता गरेको आरोप छ ।

महिला अधिकारकर्मीहरूको दबाबमा जेठ १३ गते जबरजस्ती करणी उद्योगमा सो मुद्दा दर्ता भएको थियो । यस्तै इटहरी ९ को रिभर साइड रिर्सोटमा छापा हानि ६ जना पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको घटनामा पनि इटहरी प्रहरीले आर्थिक चलखेल गरी ६ जनालाई छाडेको आरोप छ । बैङ्कका कर्मचारी र एक महिला यौन गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको घटनामा महिलालाई मात्र मानव बेचबिखनको मुद्दा चलाइएको थियो ।

इटहरी २० मा झगडा हुँदा ट्याक्टरले किचेर मृत्यु भएको घटनामा पनि प्रहरीले एक जनालाई प्रतिवादी नबनाउने भनेर रकम माग गरिएको थियो ।

इप्रका इटहरीमा कार्यरत केही प्रहरीले विभिन्न मुद्दामा आर्थिक रकम माग गरेको गुनासो र प्रमाणको आधारमा प्रहरीलाई स्पष्टीकरण सोधिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले अपराध न्यूजलाई जानकारी दिए ।

जिरो टोलोरेन्समा काम गर्न प्रहरीलाई निर्देशित गरिरहेको अवस्थामा प्रहरीकै विरुद्ध गुनासो आएपछि आर्थिक रकम लिएको विषयमा छानबिन गर्न समेत भनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved