झापामा जनस्तरबाट स्थापित पिसिआर ल्याब सञ्चालनको अनुमति दिइने

  • प्रकाशित मितिः साउन ३१, २०७७
  • 951 पटक पढिएको
  • समय अनलाइन

झापा / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोममा स्थापित पिसिआर ल्याब दुई दिनभित्र अनुमति दिलाउने प्रतिबद्धता जनाएका छन् । ‘एकका लागि एक’ अभियानको अगुवाइमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको ल्याबको आज निरीक्षण गर्नु हुँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

“जनस्तरबाट स्थापित यो ल्याबलाई एकदुई दिनभित्रै अनुमति दिएर सञ्चालनको वातावरण बनाउँछु”, मुख्यमन्त्री राईले भने, “यो हाम्रो ल्याब हो, यसलाई तत्काल सञ्चालन गरिने छ ।” अन्य स्थानका ल्याबभन्दा कनकाईको पिसिआर ल्याब निकै राम्रो व्यवस्थापनका साथ स्थापित भएको उनले निरीक्षणका क्रममा बताए । निरीक्षणपछि मुख्यमन्त्री राईले भने, “ल्याबको अनुमति कहाँ पुगेको छ, पत्र कहाँ अड्किएको छ, विराटनगर पुग्ने बित्तिकै आजै म सबैभन्दा पहिला त्यसको खोजी र आवश्यक काममा लाग्नेछु ।”

सो अभियानका संयोजक, सदस्य, सहयोगदाता सबैलाई यस्तो प्रशंसनीय कामका लागि प्रदेश सरकारका तर्फबाट उनले धन्यवाद ज्ञापन गरे । जनस्तरबाट एक करोडभन्दा बढी रकम जुटाएर ल्याब स्थापना गरिएको हो । ल्याब मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिए पनि अनुमति नपाउँदा सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved