विराटनगर / विराटनगरकी ५० वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति ११ः३० बजे एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
विराटनगरको एक स्वास्थ्य संस्थाबाट रेफर गरी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु भएको आफूलाई जानकारी आएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
मृतकको शव व्यवस्थापनका लागि मोरङसँग समन्वय भइरहेको डिएसपी बस्नेतले बताए । संक्रमित मृत्युको बारेमा भने बीपीले विवरण तयार गरिरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । यो सँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved