भारतमा कोरोनाबाट ज्यान गुमाउने ५० हजार नाघे

  • प्रकाशित मितिः श्रावण ३२, २०७७
  • 679 पटक पढिएको
  • समय अनलाइन

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीब्र गतिमा बढेको छ। संक्रमितको संख्या बढेसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि भारतमा दिन प्रतिदिन बढ्दै गएको छ।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजारभन्दा बढी पुगेको छ। वर्ल्डोमिटरको तथ्यांक अनुसार आइतबार अपराह्नसम्म भारतमा कोरोनाबाट ५० हजार १ सय २२ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्याको आधारमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको भारत मृत्युको हिसाबले चाैथो स्थानमा रहेको छ। भारतभन्दा बढी अमेरिकामा १ लाख ७२ हजार, ब्राजिलमा १ लाख ७ हजार र मेक्सिकोमा ५६ हजारभन्दा बढीको कोरोनाबाट ज्यान गुमेको छ।

भारतमा हाल कोरोना संक्रमितको संख्या २५ लाख ९४ हजारभन्दा बढी रहेको छ। पछिल्लो केही समयदेखि भारतमा दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा  संक्रमितको संख्या ५५ लाख २९ हजारभन्दा बढी छ।  यस्तै ब्राजिलमा हालसम्म ३३ लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved