विराटनगर / प्रदेश १ मा आइतबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगर महानगरपालिकामा आज ८६ जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved