लापरबाहीपूर्ण स्थानान्तरणले फैलियो बिराटनगरमा प्रहरीमा कोरोना

  • प्रकाशित मितिः भदौ १, २०७७
  • 1052 पटक पढिएको
  • समय अनलाइन

विराटनगर/ नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरबाट खोटाङ सुरुवा गरेर पु¥याइएका ११ मध्ये छ जवानमा गत शनिबार कोरोना संक्रमण पुष्टि भयो ।भोलिपल्ट आइतबार विराटनगरबाटै ओखलढुंगा पु¥याइएका एक जवानमा संक्रमण देखियो । उनीहरुलाई साउन २३ गते विराटनगरबाट गाडीमा राखेर लगिएको थियो ।

प्रहरीमा संक्रमण देखिएका यी दुई घटना लापरबाहीपूर्ण स्थानान्तरणका उदाहरण मात्रै हुन् । अरु जिल्लामा पनि विराटनगर लगायत अन्यत्रबाट पठाइएका प्रहरीमा कोरोना देखिन थालेको छ । विराटनगरमा रहेको प्रदेश १ प्रहरी कार्यालय र गण सबैभन्दा बढी संक्रमण भेटिएका कार्यालयभित्र पर्छन् ।हालसम्म गणमा कार्यरत सात जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रदेशमा संक्रमित प्रहरी ३८ पुगिसकेका छन् । तर यी कार्यालयबाट लापरबाहीपूर्ण तरिकाले अरु जिल्ला वा कार्यालयमा प्रहरी पु¥याउने तथा अन्यत्रबाट यी कार्यालयमा ल्याउने गरिएको छ । प्रतिकूल समयमा मनपरी ढंगले आफूअनुकूल प्रहरी फेरबदल र ओसारपसार गरिँदा प्रदेश १ मा नेपाल प्रहरीभित्र कोरोनाको संक्रमण फैलिएको पाइएको छ । संक्रमणले महामारीको रुपमा लिइरहेका बेला कार्यरत रहेको स्थानबाट सरुवा र स्थानान्तरण गरेर विभिन्न ठाउँमा पु¥याइएका प्रहरीमा कोरोना देखिन थालेको हो ।

जसका कारण प्रहरीभित्रै प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीको तीव्र आलोचना र विरोध हुन थालेको छ । प्रदेश प्रहरीका रुपमा सरुवा भएपछि कार्कीले वैशाख ११ गतेबाट हाजिर भएर काम थालेका हुन् । प्रदेश आउने वित्तिकैदेखि प्रहरीभित्र चलखेल थालेका उनले आफूअनुकूलकालाई ल्याउने र अरुलाई पाखा लगाउने हिसाबमा काम गर्दा सिंगो प्रहरी संगठन विश्वमै महामारीको रुप लिएको कोरोना संक्रमणको नराम्रो दलदलमा फसेको छ ।

प्रदेशमा प्रहरीभित्र कोरोना फैलनुमा डीआईजी कार्कीको मुख्य दोष रहेको प्रहरीका एक उच्च अधिकारीले बताए । उनकाअनुसार संक्रमण पुष्टि भएको कार्यालयलाई सिल गर्दै त्यहाँ कार्यरतलाई तत्कालका लागि अरुसँगको सम्पर्कबाट टाढै राख्नु पर्ने तथा अन्यत्र पठाउन नमिल्ने भए पनि स्थानान्तरण गरेर अरु जिल्लामा पठाइएपछि थप तनाव बढेको छ ।

स्थानान्तरण गर्न खोजिएकाहरुको स्वाबको परीक्षण गरेर कोरोना भए÷नभएको यकिन गर्नु पर्नेमा बिना परीक्षण संक्रमण फैलिइरहेको कार्यालयबाट सरुवा गरेर प्रहरीलाई अन्यत्र लगिएको छ । जसले अरु प्रहरी कार्यालयमा कोरोना फैलने जोखिम बढेको छ । प्रहरी स्रोतले परीक्षण बिनानै लापरबाहीपूर्ण ढंगले प्रहरी कर्मचारीलाई स्थानान्तरण गरिँदा संक्रमण फैलिएको बतायो ।

प्रदेशमा हालसम्म ६५ प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ । प्रदेशका ३८, गणका सात, खोटाङ लगिएका सात, मोरङका पाँच, धनकुटा, इलाम र सुनसरीका दुई÷दुई, झापा र ओखलढुंगाका एक÷एक जनामा संक्रमण देखिएको हो । साउन ७ गते प्रदेश कार्यालयमै एक सिनियर अधिकृतमा कोरोना पुष्टि भयो । त्यसपछि प्रहरीभित्र संक्रमण व्यापक बढीरहेको छ ।

तर यस्तो अवस्थामा पनि डीआईजी कार्कीले प्रहरीको स्थानान्तरण र फेरबदल रोकेका छैनन् । नेपाल–भारत सीमा क्षेत्रबाट भइरहेका चोरी तस्करीलाई नियन्त्रण गर्नु पर्ने ठाउँमा बढवा दिइरहेको आरोप लागेका उनी प्रदेशमा आउने वित्तिकै सरुवा निकाल्ने, एक ठाउँमा कार्यरतलाई अर्को ठाउँमा पु¥याउने तथा आफ्ना नजिककालाई काखी च्याप्ने खेलमा लागेको स्रोतले बतायो । प्राय प्रदेश प्रहरी प्रमुख बनेर आउने डीआईजीहरु यी कुनै कुराबाट अछुतो रहँदैनन् ।

कोरोना संक्रमणकै बीचमा सरुवा भएर आएपछि कार्कीले असार १६ गते ठूलो संख्यामा प्रहरी जवानको सरुवा निकाले । एक हजार दुई सय १३ प्रहरीलाई सरुवा गर्दै दरबन्दी भएका ठाउँमा पु¥याउने र काजमा रहेका धेरै प्रहरीलाई दरबन्दीमा पठाउने काम गरे । असार तेस्रो साताबाट हालसम्म दुई हजार ४४ प्रहरीलाई उनले स्थानान्तरण गरिसकेका छन् । तर त्यस क्रममा संक्रमणबाट बच्न अपनाउनु पर्ने कुनै पनि सुरक्षात्मक उपाय अपनाइएन । फलस्वरुप प्रहरी संक्रमणको जोखिममा परे ।

प्रहरीका एक अधिकृतले दूरी कायम गर्नु पर्ने संक्रमणको भयावह अवस्थामा एउटै गाडीमा भेडाबाख्रा जस्तो कोचाकोच राखेर बिना परीक्षण एवं सावधानी प्रहरीलाई तराईबाट पहाड र पहाडबाट तराई गर्ने गरिएको बताए । यसरी लापरबाहीपूर्ण तरिकाले प्रहरी फेरबदल गर्दा एक ठाउँमा संक्रमित बनेको प्रहरीले अर्को ठाउँमा गएर कोरोना फैल्याएका छन् ।

‘यसरी स्थानान्तरण गरिएका धेरै प्रहरीमा कोरोना हुन सक्ने भए पनि अहिलेसम्म शंका लागेका बाहेकको परीक्षण नै गरिएको छैन,’ उनले भने, ‘सुरक्षात्मक उपाय नअपनाइकन जथभावी गरिँदा प्रहरीमा कोरोना सल्कियो र प्रहरी असुरक्षित बन्नु पर्ने अवस्था आयो ।’ यस्तो हुँदा लक्षण नदेखिएका संक्रमित प्रहरीबाट अरु पनि संक्रमित हुनु पर्ने अवस्था रहेको उनको भनाइ छ ।

नेपाल प्रहरीका पूर्व डीएसपी रामजी कटुवाल महामारीको ‘कन्टयाक्ट ट्रेसिङ’मै सरकार चुकिरहेको बेला प्रहरीलाई लापरबाहीपूर्ण तरिकाले ओहोरदोहोर गराउनु दुखद् भएको बताउँछन् । ‘अहिले अर्को ठाउँमा लैजाने तथा सरुवा गर्ने बेला थिएन । जुन ठाउँमा कार्यरत छन् त्यही ठाउँमा राखेको भए संक्रमित हुनबाट प्रहरी बच्ने थिए, ’ उनले भने, ‘एक ठाउँदेखि गएकाबाट अरु प्रहरीमा कोरोना फैलिएको छ । प्रहरीभित्रको पछिल्लो संक्रमण हेर्दा त्यो पुष्टि हुन्छ ।’

ठूलो संख्यामा एकै ठाउँमा गतिविधी गर्नु पर्ने, बस्नु र खानु पर्ने तथा शौचालयसमेत एउटै प्रयोय गर्नु पर्ने अवस्थामा प्रहरीमा एकबाट अर्कोमा कोरोना चाँडो सर्ने हुँदा संक्रमणकालीन अवस्थामा प्रहरीको स्थानान्तरण रोक्नु पर्ने कटुवालको भनाइ छ । समुदायसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने भएकाले अनआवश्यक रुपमा एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर र आवतजावत गराउँदा संक्रमित प्रहरीबाटै समुदाय पनि खतरामा पर्ने उनले बताए ।

‘संक्रमणको भयावह अवस्थामा जुन कार्यालयमा कार्यरत छन् त्यही कार्यालयमा प्रहरीलाई ‘होल्ड’ गराएर जोखिम सकिएपछि सरुवा र स्थानान्तरण गरेको भए हुन्थ्यो,’ कटुवालले भने, ‘तर हतारो र लापरबाहीले प्रहरीभित्र कोरोना फैलिन पुग्यो । सरुवा र स्थानान्तरण अहिले तत्काल आवश्यकनै थिएन ।’

प्रदेश प्रहरी प्रमुख डीआईजी कार्कीले स्थानान्तरण गरिसकेपछि सम्बन्धित ठाउँमा पु¥याएर क्वारेन्टाइनमा राख्दै प्रहरीलाई परीक्षण गरिसकेपछि मात्रै काममा खटाउने गरिएको बताए । कोरोना संक्रमण फैलने बारेमा सचेत रहेको बताउँदै कार्कीले प्रहरीलाई स्थानान्तरण गराउँदा पनि सावधानी अपनाइएको बताउँदै भने, ‘एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरिएका कारण प्रहरीमा संक्रमण भएको भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved