कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका एक जनाको घर नपुग्दै मृत्यु

  • प्रकाशित मितिः भदौ १, २०७७
  • 1002 पटक पढिएको
  • समय अनलाइन

वीरगञ्ज । कोरोना भाइरस संक्रमणमुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएका एक जनाको घर नपुगी मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१३ मुर्लीका ५५ वर्षीय लालबहादुर कलवारको कोरोनामुक्त भएर घरै नपुगी मृत्यु भएको हो ।नारायणी अस्पतालको अस्थायी कोभिड वीरगन्ज हेल्थ केयर अस्पतालमा कोरोना मुक्त भई गए राति डिस्चार्ज भएका कलवारको ४ घण्टापछि गण्डक स्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको हो ।

मृतकको नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभपछि डिस्चार्ज गरिएको र डिस्चार्ज भएको समयमा समेत कलवारलाई झाडापखाला र अक्सिजनको मात्रा पनि कम देखिएको हुँदा उनलाई उपचारको लागि अर्को अस्पतालमा अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह दिएका थिए ।कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले उनलाई थप उपचारको लागि अर्को अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले सुझाव दिएपछि आफन्तले उनलाई नारायणी वयोधा अस्पतालको आइसियुमा भर्ना गरेका थिए ।

उपचारकै क्रममा गए राति साढे ११ बजे कलवारको मृत्यु भएको बयोधा अस्पताल प्रशासनले जनाएको छ ।मृतक वृद्ध उच्च रक्तचाप, मधुमेह, फोक्सो र किड्नीको समस्याबाट लामो समय देखी ग्रसित रहेको र विभिन्न रोगको उपचार भइरहेको बेला केही दिनअघि उनलाई निमोनिया भएपछि चिकित्सकको सल्लाह बमोजिम १७ साउनमा कोरोना परीक्षण गराउँदा १९ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा हिजो साँझ नारायणी प्रयोगशालाको पिसीआर रिपोर्टमा कोरोना नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएसँगै घर नगई सिधै उनलाई नारायणी बयोधा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।मृत्युपछि आइतबार परिवारले अस्पतालबाट शव बुझेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि समेत गरिसकेका छन् । कोरोना प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चार घण्टापछि ज्यान गएपछि परीक्षण रिपोर्टमै आशंका उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved