विराटनगर। विराटनगर महानगरपालिका–३ की ८७ वर्षीय बृद्धाको शनिबार राति घरमै निधन भयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भए पनि उनको शव उठेको छैन । बृद्धाका छोरा र बुहारीमा कोरोना पोजेटिभ देखिएको छ । बृद्धामा कोरोना नेगेटिभ देखिएको छ । सँगै बस्ने नातिको कारोना जाँच रिपोर्ट आउन बाँकी छ ।
छोराबुहारीलाई नै संक्रमण देखिएका कारण घरमा छिमेकी र आफन्त प्रवेश गरेका छैनन् । शव उठाउने मान्छे नभएपछि वृद्धाको शव घरभित्रको पलङमै छ । बृद्धाका दुई छोरा छन् । संक्रमण पुष्टि भएपछि कान्छा छोरा मंगलबारयता आइसोलेसनमा छन् । जेठा छोरा काठमाडौंमा छन् । खतिवडा थरकी बृद्धाको स्यहारमा बसेकी वुहारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । बृद्धाको शव रुघेर बुहारी र नाति बसेका छन् ।
शव गनाउन सक्ने अवस्था आइसक्यो तर उठाउन सकिएको छैन,’ स्थानीय कुलमणि बरालले भने, ‘महानगरले शव घाटसम्म लगिदियोस्, हामी अन्त्येष्टी गर्छौं ।’ बरालसहित केही स्थानीय घर बाहिर बसेका छन् । घरभित्र वृद्धाको शव, उनको बुहारी र नाति छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई मंगलबार नै मारवाडी सेवा सदनको होल्डिङ आइसोलेसनमा भर्ना गरिएको छ । छोरा आइसोलेसनमा रहेकै अवस्थामा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको थियो । बृद्धा महिलाको स्याहारमा बसेकी बुहारीको रिपोर्ट भने पोजेटिभ आएको विराटनगर–३ का अध्यक्ष विनोदकुमार बस्नेतले बताए । अध्यक्ष बस्नेतका अनुसार बृद्धाको स्यहारमा बसेकी बुहारी र छोरामा कोरोना देखिएका कारण छिमेकीहरु पुगेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved