सुनसरी / सुनसरीमा ३१ सहित प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिएको प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ ।पछिल्लो २४ घण्टामा मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला र ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।मोरङका ४४ मध्ये २९ जना विराटनगरभित्रका हुन । बेलबारीमा ७ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुढीगंगामा १ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved