मकवानपुरमा थप २६ जनामा कोरोना पुष्टि
- प्रकाशित मितिः भदौ २, २०७७
- 895 पटक पढिएको
- समय अनलाइन
मकवानपुरमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये १८ जना हेटौंडाका हुन्।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप २६ जनामा कोरोना पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेमा हेटौंडा ४ का ५ जना, हेटौंडा ५ का ३ जना, हेटौंडा ६ का १ जना, हेटौंडा २ का १ जना, हेटौंडा १ का १ जना, हेटौंडा ८ का १ जना, हेटौंडा १० का २ जना, हेटौंडा ११ का २ जना, हेटौंडा १२ का २ जना गरी १८ जना रहेका छन्।
मकवानपुरगढी गाउँपालिकाका २ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन्।
त्यस्तै, काठमाडौं, पाल्पा, दैलेख, भक्तपुर र पर्सा घर भएका हेटौंडामा कार्यरत कर्मचारी एक/एक जनामा पनि संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए।