‘ पथरीशनिश्चरे – ३ का वडाध्यक्ष चेम्जोङ निर्दोष हुनुहुन्छ’

  • प्रकाशित मितिः भदौ २, २०७७
  • 1768 पटक पढिएको
  • समय अनलाइन

 

पथरीशनिश्चरे/ श्रीराम जानकी नर्सरीका सञ्चालकहरुले पथरी शनिश्चरे वडा नम्बर ३ का वडाध्यक्ष डम्बर चेम्जोङ निर्दोष रहेको बताएका छन्। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नर्सरी सञ्चालकहरुले यस्तो भनेका हुन्।

यूएनएचसिआरले उपलब्ध गराएको बिरुवाहरु वडाध्यक्षले आफ्नो बारीमा रोपेको भनेर केहि असन्तुष्ट ब्यक्तिहरुले आरोप लगाएको बिषयलाई खण्डन गर्दै नर्सरी सञ्चालकले वडाध्यक्षले बिरुवा आँफुहरुसँगै किनेको बताएका छन्।

 आँफुमाथी लागेको आरोपको खण्डन गर्दै वडाध्यक्षले बिरुवा किनेको बिलसहित अनुरोध पूर्ण बिज्ञप्ती प्रकाशित गर्नुभएको थियो। अध्यक्षले बिरुवा खरिद गरेको नर्सरीमा गई सोधपुछ गर्दा समेत आरोप लगाउने समुहलाई नर्सरीवालाले अध्यक्षलाई बिरुवा बिक्रि गरेर आँफु स्वंयले रोपिदिएको समेत बताएका थिए।

 नर्सरी सञ्चालकहरुले विलको नम्बर मिल्नुमा छपाईमा त्रुटि हुन गएको र यसमा अध्यक्षको कुनैपनि गल्ती नरहेको बताएका छन्। नर्सरीवालाको बिषयलाई गलत तरिकाले सामाजिक सञ्जालमा फैलाइएको र मानहानि गर्न खोजिएको बिषयमा भने अध्यक्ष र नर्सरीवाला दुबै पक्षले असन्तुष्टि व्यक्त गरेका छन्। 

यस बिषयमा बिरुवा बिक्रेता नर्सरीवालाले जहाँ लगेपनि अध्यक्ष चेम्जोङले बिरुवा किनेकै हो भनेर गवाही दिन आफु तयार रहेको बताएका छन्।

 हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved