मोरङकी कोरोना संक्रमित महिलाको बीपीमा निधन

  • प्रकाशित मितिः भदौ ३, २०७७
  • 916 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।मोरङको बुढिगंगा गाउँपालिका घर भएकी १ कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।सोमबार राती प्रतिष्ठानमा भर्ना भएकी बुढीगंगा-२ की ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचाररत महिलाको मृत्यु भएको हो । मुटु रोगको समस्या रहेकी उनमा श्वासप्रश्वास बढेपछि अस्पताल लगिएको थियो ।ती महिलालाई २५ साउन विराट मेडिकल कलेजमा हुँदै २७ गते कोसी अस्तालमा भर्ना गरिएको थियो । कोशीमा कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई आफन्तले घरमै लगेका थिए ।

सोमबार स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले राती नै धरान लगेकामा कोरोनासँग मिल्दो लक्षण देखिएकोले पीसीआर जाँच गरियो । उनमा कोरोना पोजिटिभ देखिएको र लगत्तै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।

प्रदेश-१ मा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । जसमधे १२ जना मोरङका र ४ जना २ नम्बर प्रदेशका हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved