प्रदेश १ सरकारले विराटनगरमा ल्याब सञ्चालन गर्ने

  • प्रकाशित मितिः भदौ ६, २०७७
  • 924 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / कोरोना भाइरसका संक्रमित बढीरहँदा प्रदेश १ सरकारले परीक्षणका लागि प्रदेशस्तरीय अत्याधुनिक ल्याब (प्रयोगशाला) विराटनगरमा सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले विराटनगरस्थित स्नातकोत्तर क्याम्पसको जमिन भाडामा लिएर ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले स्वीस सरकारको अनुदानमा प्रदेशस्तरीय अत्याधुनिक ल्याब निमार्णका लागि समाजिक विकास मन्त्रालय र क्याम्पसबीच सम्झौता भएर अनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिए ।त्यसैगरि, सामाजिक विकास मन्त्रालयका वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन सञ्चालन सम्बन्धी कार्यविधी २०७७ लाई स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए । विराटनगरमा सञ्चालनमा रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आवश्यक दक्ष जनशक्ति पदपूर्ति गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार सामाजिक विकास मन्त्रालयले कोभिड–१९ उपचार केन्द्रमा लेभल २ को उपचारका लागि आवश्यक दक्ष जनशक्तिको माग गरे अनुसार बैठकले विज्ञहरुसँगको छलफलबाट दरबन्दी खुला गरेर कार्य अघि बढाउने निर्णय गरेको हो ।

बैठकले वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजना तथा जलाधार व्यवस्थापन कार्यान्वयन इकाईको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले कोभिड– १९ संक्रमितको उपचारका विषयमा संघीय, प्रदेश र स्थानीय सरकारको काम कारबाहीको अनौपचारिक समीक्षा पनि बैठकमा भएको बताए । जसमा तीन तहको सरकारको काम जनअपेक्षा अनुसार भएको बैठकको ठम्याई छ । बैठकबारे जानकारी दिँदै कार्कीले बढ्दो संक्रमण दरलाई रोक्न र उपचारका लागि सामाजिक विकास मन्त्रालयको अगुवाईमा आइसोलेसन वार्ड निर्माण गर्नेतर्फ सरकार केन्द्रित भइरहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved