भारतले हरेक दिन १० लाखभन्दा बढी मानिसमा कोरोना परीक्षण गर्न थालेको जनाएको छ।
आफूले १० लाखभन्दा बढी मानिसमा कोरोना परीक्षण गर्ने क्षमता हासिल गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
साथै मन्त्रालयले गएको २४ घण्टामा भारतमा १० लाखभन्दा बढीमा कोरोना परीक्षण गरेको पनि उल्लेख गरेको छ।
दश लाख परीक्षण गर्दा मन्त्रालयले गएको २४ घण्टामा भारतमा ६९ हजार ८७८ नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ७९४ को मृत्यु भइसक्दा २२ लाख २२ हजार उपचारपछि स्वस्थ बनेका छन्।
भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित छन्। एजेन्सी
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved