गन्तव्य नेपाल द्वारा ७ महिना देखि अलपत्र चेलिहरुको उद्दार,झारे हर्षका आँशु

  • प्रकाशित मितिः भदौ १२, २०७७
  • 1325 पटक पढिएको
  • समय अनलाइन


काठमाडौं । गन्तव्य नेपाल साउदीले साउदी अरबको एक कम्पनि रियादमा कार्यरत करिब ७ महिना देखि कम्पनीले काम नदिएर अलपत्र परेका ६ महिला दिदिबहिनीको उद्दार गरि नेपाल पठाएको छ।
निकै जटिल परिस्थितिका साथ गन्तव्य नेपाल तथा गन्तव्य नेपाल रियादका प्रतिनिधि बालकृष्ण पौडेलको पहलमा नेपाली राजदुतावास सङ्ग समन्वय गरेर ती पिडितहरुलाई निकै चुनौती खेप्दै नेपाल पठाउने काम सफल भएको छ।
यो कार्यमा गन्तब्य नेपालकै मिलन गुरुङ र हिरा केसि को सहयोग समेत अतुलनीय रहेको छ।

ती चेलिहरु कोरोनाको महामारी तथा निकै लामो समय सम्म कम्पनिले काम तलब नदिदा अलपत्र परेका थिए। बिहान बेलुका खान समेत नसक्ने अवश्थामा पुगेका ती महिलादिदी बहिनिहरुलाईले उद्दारको लागि गन्तव्य नेपाललाई गुहारे पछि गन्तव्य रियाद टिमले उद्दार गर्नको लागि करिव ३ महिना अगाडी देखि प्रक्रिया अगाडि बढाएको थियो।
कम्पनिले कन्ट्याक पूरा भएर पनि नेपाल नपठाएको र बिना सुचना अर्को कन्ट्याक थपिदिने र घर जानलाई अनुमति पनि नदिएकोले बिगत 2 वर्ष अघि देखि नेपाल फर्कन चाहेर पनि जान नसकेर ति पिडितहरु बसिरहेका थिए। र कोरोनाको महामारी सुरु भए सङ्गै उनिहरुको काम दाम सबै रोकिदिएको पिडित दिदी बहिनिहरुले बताए।

जसकारण उनिहरु पैसा नभएर छट्पटाईरहेको बेला ६ जना चेलिहरुलाई गन्तव्य नेपालले उनिहरुलाई नेपालमा गएर एक हप्ता क्वारेन्टाइनमा बस्दा लाग्ने सबै खर्च ब्यहोरेको / आर्थिक सहयोग गरेको छ।
फलस्वरूप ती दुखित पिडितका मुहारहरु हर्षले भरिएका थिए। साउदीअरबको राजधानी रियादको King Khalid Int. airport बाट काठमान्डौ को लागि Nepal Airlines को RA 2192 चार्टर बिमान मार्फत 26 Aug 2020 मा साउदीको राती 11:30 बजेको फ्लाईट मार्फत ती चेलिहरुलाई नेपाल पठाईएको छ।
ती दिदिबहिनिहरुलाई गन्तव्य नेपालका बालकृष्ण पौडेल, मिलन गुरुङ, हिरा के सि द्वारा एयरपोर्ट मै गएर यतिका समय पिडित बनेका ती दिदिबहिनीको फेरिएको हसिलो मुहारहरुलाई बिधाई भएको थियो।
पराया मुलुकमा अलपत्र परेर उद्धार हुन पाउँदा चेलीहरुले हर्षका आँशु झारेका थिए ।
गन्तव्य नेपालले नेपाली राजदुतावास सङ्ग हरेक कार्यहरुमा समन्वय गरेर काम गर्दै आईरहेको छ। यो कार्य गन्तब्य नेपालको पहलमा र नेपाली राजदुतावास को सहयोगमा पिडितलाई उद्दार गरि नेपाल पठाउने काममा सफलता मिलेको हो। त्यसैले गन्तव्य नेपालले नेपाली राजदुतावास लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ,गन्तव्य नेपाल रियादका प्रतिनिधि बालकृष्ण पौडेलले भन्नुभयो, उहाँहरुको सहयोग बिना यो काम सम्भव थिएन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved