साउन ४ गते रिलिजको तयारीमा रहेको दीपक ओली निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ ।
दाङ, बाँके, सल्यानसहितका जिल्लामा बसोबास गर्ने बादी समुदायको कथामा निर्माण गरिएको फिल्मका लेखक महेश दवाडी हुन् । कमेडी, प्रेम, बदला, द्वन्द्व मिसिएको ट्रेलरमा ‘‘बादी’ को कथाका झलक समेत देखाइएको छ ।
कलाकार विजय बराल ‘बादी’ र अभिनेत्री सन्ध्या केसी ‘बदिनी’का रुपमा देखाइएको अनुमान लगाउन सकिन्छ ।
एउटा सानो गाउँमा पण्डित्याईको काम गर्ने पण्डितहरूको कथा उठाएको चलचित्रले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ ।
तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डित समुदायबीचको सम्बन्धलाई चलचित्रले देखाउन खोजेको निर्देशक दीपक ओलीले बताए ।
अधृत फिल्मस् प्रालिको ब्यानरमा थमनकुमार भण्डारी र किशोर खड्काले संयुक्त लगानीमा फिल्म निर्माण गरेका हुन् ।
चलचित्रमा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
‘पण्डित बाजेको लौरी’मा विदुर पाण्डेको छायांकन, मित्र डि गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्णबम मल्ल तथा अमित श्रेष्ठको संगीत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved