इटहरीमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार इटहरीमा एक पत्रकार सहित ८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टी हुनेमा इटहरी ६ का १ जना – ४० वर्षिय पुरुष, इटहरी ९ का १ जना -२९ वर्षिय महिला , इटहरी १३ का १ जना -४१ वर्षिय पुरुष , शसस्त्र प्रहरी वल पकली का ३ जना-२९,३० र ३९ वर्षिय पुरुष, १ जना संचारकर्मी २४ वर्षिय पुरुष र कोशी अस्पतालमा जाच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिला रहेका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९