ज्योति पोखरेल स्टाफ नर्स .हो म त्यहि नर्स ! कोरोना संक्रमणलाई जितेर आए

  • प्रकाशित मितिः भदौ २२, २०७७
  • 1959 पटक पढिएको
  • समय अनलाइन

       जब कोही कोरोनाका बिरामी देख्दा वा स्वास्थ्यकर्मी देख्दा तपाईं के महसुस गर्नुहुन्छ ? विश्वव्यापी रुपमा फैलिरहेको कोभिड—१९ को महामारीमा म पनि संक्रमित हुन पुगेकी थिए । सुरुमा आफ्नो पोजेटिभ रिपोर्ट सुन्दा आत्तिए । मलाई मृत्युभन्दा पनि समाजले के भन्ला भन्ने ठूलो पीर थियो । किनभने म एक अस्पतालमा काम गर्ने नर्स । तर, मेरो समाजले मप्रति त्यस्तो व्यवहार देखाएन । सबैतिरबाट साथ, माया र सपोर्ट पाए । त्यही कारण मैले कोरोना सजिलै जिते । मैले हार नमानेकै कारणले होला आफ्नो परिवारको रिपोर्ट नेगेटिभ आउँदा खुसीको सिमा रहेन् । सबै जनमानिसमा एउटा सन्देश दिन चाहन्छु—हामीले सामान्य दैनिक रुपमा आवश्यक पर्ने तरकारी, फलफूल किन्न जान्छौँ । मैले यहाँ भन्न खोजेको के हो भने संक्रमण ल्याउन ती सामाग्रीहरु र त्यहाँसम्म जाने हामी नै काफी छौं । अस्पताल नै जानुपर्छ भन्ने छैन । हाम्रो वरपरबाट पनि सर्न सक्छ । आज म कोभिड—१९ को संक्रमणको फन्दामा परे । भोलि अर्को र पर्सी तपाईंको पालो नआउला भन्ने केही ग्यारेण्टी छैन । कुनै एउटा रोग लाग्नु पाप गरेको होइन्, यो संक्रमण जो कसैलाई हुन सक्छन् । तपाईं हामी, हाम्रो आफन्त र हामीले सबैभन्दा धेरै माया गरेका मान्छेहरु । हामी सबैले संक्रमितलाई हेय होइन्, आफ्नो मनोबल उच्च राख्नुपर्छ । मनोबल उच्च बनाउँदा जस्तोसुकै रोगलाई पनि जित्न सकिन्छ । म एक नियमित रक्तादाता पनि हुँ । म केही समयपछि कोरोनासँग लडिरहेका बिरामीहरुलाई प्लाज्मा दान गरेर सहयोग गर्नेछु । मेरो समाजमा पनि कोही संक्रमित हुनुभयो भने उहाँहरुलाई सहयोग र सेवा गर्नेछु । उहाँहरुको उपचारमा फ्रन्टलाइनमा डट्नेछु । यति भन्दैं गर्दा होम आइसोलेसनमा बस्दाँ आफूले केही नयाँ र फरक अनुभव पनि गरें । सामान्यतयाः मलाई कुनै पनि लक्षणहरु नदेखिएका कारण मैले होम आइसोलेसनमै बसेरै कोरोना परास्त गरे । स्वास्थ्यकर्मी मात्रै नभएर सामन्य मानिसले पनि होम आइसोलेसनमा बस्न सकिन्छ होम आइसोलेसनमा बस्दा मैले सामान्य तरिकाले एउटा फराकिलो र खुल्ला कोठा रोजे । जहाँका सबै झयालहरु खुल्ला राखे । ढोका बन्द गरे । आफ्नो परिवार सबैलाई राम्ररी माक्स लगाएर मात्रै मेरो रेखदेखमा आउन आग्रह गरे । आफूले पनि ६ फिटको दूरी माक्स लगाएर उहाँहरुसँग दैनिकी चलाए । हाम्रो वाथरुम एउटै भएको कारण मलाई चाहिने साबुन, स्याम्पु, चप्पलजस्ता सामानहरु छुट्टाछुट्टै बनाए । मैले वाथरुम चलाइसकेपछि डिटोल, बेटाडिन, स्प्रिट जस्ता (Antiseptic solution) बाट सेनिटाइज गर्न लगाए । जसले गर्दा किटाणुहरु फैलिनबाट रोकथाम हुन्छ । दैनिक लगाएका कपडाहरुलाई डिटोल हालेर राम्ररी धोएर मज्जाले घाम आउने ठाउँमा सुकाउन लगाए । यी सबै मैले गरेका कामहरु सामान्य छन् । जसलाई सुरुवात गर्न कुनै स्वास्थ्यकर्म सजिलै सिक्न सकिन्छ । एउटा चिकित्सक वा स्वास्थ्यकर्मीसँग फोनकै माध्यमबाट पनि सहयोग लिएर ‘सेल्फ अब्जर्वेसन’मा गर्न सकिन्छ । १८ दिन होम आइसोलेसनमा बस्दा मैले खानेकुरा, उपचार र दिनचार्य कसरी कटाए ? म दैनिक रुपमा विहान उठेर लामो श्वासप्रश्वास लिने जस्तो ब्यायाम गरे । जसलाई डिप ब्रेथिङ एण्ड कजिङ एक्ससाइज भनिन्छ । त्यसपछि दुध र एउटा अण्डा, ज्वानो, बेसार, कागती, लसुन, अदुवा पानी र सामान्य दाल भात तरकारी खाए । दिउँसो फलफूलजस्ता खानेकुराहरु लिन्थे । यी सबै कुरा आफूलाई सहज पर्ने तरिकाले जसरी पनि खान सकिन्छ । दुई घण्टाको फरकमा तातो पानी पिइरहे । विहान र बेलुका खानापछि च्वानप्रास र ड्राइफ्रुट (काजु, किसमिस, बदाम आदि) खाए । भिटामिन सी कम्तिमा पनि ११ घण्टाको फरकमा बिहान र बेलुका खानापछि लिए । त्यसैगरी, भिटामिन ई दिउँसो एक पटक खाए । बेलुकीको समयमा नियमित अरोबिक एक्ससाइज गरे । दिनको चारपटकसम्म मन तातो पानीमा नुन हालेर कुल्ला गर्ने र दिनको तीन पटक नुन पानीको बाफ लिए । आफ्नो शरीरको सरसफाइमा पनि एकदमै ध्यान दिए । सधैं आफ्नो मनोबल उच्च बनाउने खालका कार्यहरु गरे । पोजिटिभ भिडियोहरु हेरे, किताबहरु पढे, फोनमा कुराकानी गर्नेलगायतका काममा आफूलाई व्यस्त राखे । जसले गर्दा नराम्रा सोचहरु आउन सकेनन् । केही कुरामा नआतिने र सबै कुरालाई सहज ढंगबाट समाधान गर्ने गरे । म एक कोरोना संक्रमण जितेको नर्स भएको हुनाले जति पनि संक्रमित हुनुहुन्छ, उहाँहरुलाई भन्न चाहन्छु— नआतिनुस्, मर्छु भन्ने मनमा नराख्नुस् । यो रोग आफूलाई मात्र होइन्, सबैलाई लाग्न सक्छ भन्ने सम्झनुस् । सकारात्मक सोच राख्नुस् । अवश्य हामीले कोरोना संक्रमणलाई जित्न सक्छौं । र अन्तमाः कोरोना लागेकालाई हेला होइन्, हौसला प्रदान गरौं । यो विषम अवस्थामा फ्रन्टलाइनमा रहेर हाम्रो उपचार खटिने स्वास्थ्यकर्मीलाई सम्मान गरौं । मेरो आइसोलेसन बसाइँ र उपचारमा सहज बनाइदिनु हुने सम्पूर्ण चिकित्सकलाई हृद्धयदेखि नै धन्यवाद भन्न चाहन्छु । परिवार र समाजले पनि कोरोना जित्न न्यानो साथ दिएकोमा आभार प्रकट नगरी रहन सक्दिन्

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved