प्रदेश १ मा २४ घण्टामा थपिए ८६ कोरोना संक्रमित

  • प्रकाशित मितिः भदौ २५, २०७७
  • 862 पटक पढिएको
  • समय अनलाइन

प्रदेश १ मा विहीबार ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

 सुनसरीको इटहरीमा  ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय सुनसरीमा बढी संक्रमित देखिन थालेका छन्। 

यस्तै संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने मोरङको विराटनगरमा २ महिला ४ पुरुष,  रतुवामाईमा ३ महिला २ पुरुष, पथरीशनिश्चरेमा १ महिला १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष र रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

उता झापाको शिवसताक्षीमा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बाह्रदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण देखिएको छ। 

पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ। प्रदेश १ मा विहीबार ५ जना मात्रै डिस्चार्ज भएका छन्। हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ। प्रदेश १ मा विहीबार १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ। 

परीक्षण गरिएका मध्ये २३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हाल सम्म १ लाख ४ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved