इटहरीका मेयरलाई प्याब्सनको पत्र, कहिले होला समस्या समाधान

  • प्रकाशित मितिः भदौ २६, २०७७
  • 985 पटक पढिएको
  • समय अनलाइन

 

 काेराेना भाइरसकाे महामारी र सरकारले जारी गरेकाे लक डाउनकाे बहाना बनाउदै निजि तथा संस्थागत बिद्यालयहरूले बिगत लामाे समयदेखि तलब नदिदा निजि तथा संस्थागत विध्यालयमा कार्यरत शिक्षकहरू प्रत्यक्ष मार्कामा परेकाे भन्दै यथाशिघ्र माग सम्बाेधन गराइदिन अाग्रह सहित पिडित शिक्षकहरूले बिहीबार इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरी समक्ष ज्ञापन पत्र बुझाएका छन । 

 लक डाउनकाे बहानामा शिक्षकहरूलाइ निजि तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक एवम कर्मचारीहरूलाइ सञ्चालकहरूले तलब नदिएकाे कारण दैनिक चलाउन गाह्राे भएकाे गुनासाे सहित बिहीबार उपमहानगरका मेयर चाैधरी समक्ष पिडित शिक्षकहरूले ज्ञापन पत्र बुझाएका हुन ।

तलब नपाएकै कारण घर चलाउन अहिले समस्या भइरहेकाे पिडित शिक्षकहरूले बताएका छन । निजि विध्यालयहरु आज कोभिड १९ को कारण देखाउदै आफ्नो दायित्व र जिम्मेवारी बाट टाडिन थालेको जिल्ला प्याब्सु कमिटि सुनसरी अध्यक्ष मुकेश रिजाल बताउछन् ।   

   निजी विध्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुका साझा संगठन प्याब्स्यु तथा इष्टुको पहल कदमीमा पटक पटक प्याब्सन र एन प्यास्नन संग छलफल र समन्वय गर्दा समेत बिद्यालय  सञ्चालकहरुले बेवास्था गर्दै अाएकाे र अहिले समस्या झनै जटिल बनेकाे पिडित शिक्षकहरूले गुनासाे राखेका छन । 

यसरी निजि तथा संस्थागत विध्यालयहरुका समस्या माथि नियमनकारी निकायका रुपमा रहेको स्थानिय सरकारले समेत ध्यानाकर्षण सहित नियमित अनुगमन नगर्दा  यो क्षेत्रमा बेथिति मौलाउँँदै आएको र कानुन सम्मत रुपमा नियमित मासिक पारिश्रमिक पाउनुपर्ने शिक्षक कर्मचारीहरुको नैसर्गिक अधिकारमाधि कुठाराघात भई थप जटिलता उत्पन्न भएको शिक्षकहरुले गुनासो गरेका छन् ।यता शिक्षकहरूकाे ज्ञापन पत्र बुज्दै इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरीले यथाशिघ्र चाडाे समस्याकाे सामधान खाेज्ने तर्फ अग्रसर रहने बताएका छन । 

119032183_1789384527878762_3130552177798253320_n

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved