मलेसियामा कामदार चढेकाे बस दुर्घटना

  • प्रकाशित मितिः असार ११, २०७५
  • 1175 पटक पढिएको
  • Mausam

मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । 

प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे दुर्घटना भएको हो ।
 
उनीहरुकाे पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । ‘मेरो टाउकोमा सामान्य चोट लागेको छ,’ दुर्घटनामा घाइते भएका दाङका सागर मगरले भने, ‘अहिले उपचार भइरहेको छ ।’
 
घाइतेमध्ये अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको उनले बताए । घटनाका प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियाे ।‘म तरकारी किन्न जाँदै थिए । साथीहरु दुर्घटनामा परेर सडक छेउमा लडिराख्नुभएछ । केही मात्रै गम्भीर घाइते भएको देखिन्छ । अरु सामान्य घाइते देखिए,’ उप्रेतीले भने ।
 
प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् । ‘कम्पनीमा अरु खालको समस्या त खास छैन,’ उनले भने, ‘यही डिउटी जानआउने बेला अलि डर हुन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved