इटहरी १ आँपगाछीस्थित मुख्य राजमार्गमा दुर्घटना भएको छ । इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १–०१–००१ ज ३४७४ नम्बरमो सुमो गाडी दुर्घटना भएको हो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् घाइते हुनेमा सुमो चालक रामप्रसाद नाम गरेका व्यक्ति र इटहरीकी सबिता राई रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved