प्रहरीले मोरङको विराटनगरबाट ४ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । विराटनगर वडा नं १५ हुलास मेटल क्षेत्रमा गएको मोरङ प्रहरीको क्युआरटिले भारततर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोबाट गाँजा वरामद गरेको हो । मोरङ प्रहरीका डिएसपी एवं प्रवक्ता लोकदर्शन थापाका अनुसार गाँजासहित अटो चालक सुनसरीको इटहरी उपमहानगरपालिका वडा न ४ का ४१ बर्षीय पदमबहादुर राई र इटहरीकै ५२ बर्षीय तेजबहादुर राई पक्राउ परेका छन् । अटोलाई शंका लागेर चेकजाँच गर्दा वियरको कार्टुनमा लुकाइ छिपाइ गरेर भारत तर्फ लैजादै गरेको ४ किलो गाँजा वरामद भएको थियो । अटोसहित दुवैलाई नियन्त्रणमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान कार्य भरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved