कबिता
रङ्ग्याउन नसकेको घर!
चारै तिर भत्किएर उजाड एउटा घर छ
कहिले आधिहुरी त कहिले भुकम्पको डर छ!
सन्नाटा छाईरहने जिन्दगीको अब के नै भर छ
थोत्रो घर जतातै चुहिने,चर्किएका छानाहरु
जिर्ण छन!
चर्किएका झ्याल ढोका जिन्दगी
अत्यासपुर्ण छन!
बर्षौ रोपिएका धुपि र सल्लाका बोटहरु
ऐलिएको छ
जताततै आगनिमा झारपात र फोहोर
फैलिएको छ!
विश्वासै नलाग्ने हराभरा सम्बन्धहरु
बिस्तारै अमिलिएको छ
सत्रुहरुले डाडाकाढा ढाकेर हरेक खुसी
आजकाल धमिलिएको छ
ठुलाठुला कहिलै पुरा नहुने सपनाहरु बिच बाटोमै
अलपत्र परेर टलिएको छ!!
जमुना क्षेत्री
ईटहरी,सुनसरी
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved