लघुकथा!
बजारको भाउमा बेचिएकी नारी!
सरला एकदम सरल स्वभाबकी केटी हुन उनि भर्खर एस,एल.सिको परीक्षा उत्रिण भएर गाउबाट सहर पसेकि थिईन ! गाउमा मध्यम बर्गिए परीवारमा हुर्केकी उनले हरेक दुखलाई नजिकबाट नियाल्ने अवसर पाएकी थिईन !
गरीब परीवारमा हुर्केकी उनिले ठुलो मान्छे बन्ने सपना बोकेर सहर पसेकि थिईन!
बिराटनगरमा एकजना आफन्त पर्ने काकाले उनलाई ठुलो ठुलो सपना देखाएर बिराटनगर लग्नु भएको थियो ।बिस्तारै भर्खर १६ /१७ बर्ष
पुगेकी कलकलाउदी लक्का जवान पर्ने भतिजी माथि उनको कुदृस्टी पर्यो !
सुरुसुरुमा त सहदै थिईन माया गर्ने ,बोल्ने बाहानामा कता कता छुईदिने
वहाको त्यो गतिबिधिले पराकास्ट नाग्न थाले पछि उनले एक दिन त्यो घर छोडेर अन्तै अरुकै घरमा बस्ने निधो गरिन !
उनिसॅंग एउटी कलेजकि मिल्ने साथि कबिता थिईन उनि
बिराटनगरको धनाध्य बाउकी छोरी थिईन एउटै कलेजमा पढ्ने क्रममा उनिहरु
धेरै मिल्ने साथि भईसकेका थिए ! सबै ठिक हुन्छ भनेर सुरुसुरुमा कसैलाई केही भनेकी थिईनन जब जब पर्ने काकाको अन्याए र अत्याचारले पराकास्ट नाग्न थाल्यो त्यो दिन कलेजबाट भर्खर घर आएकि
सरला भित्र पस्ने बित्तिकै घरमा कोही नभएको मौका पारेक उनिमाथि नराम्रो गतिबिधी गर्न सुरीएका थिए धन्न एक्कासी त्यो दिन काकी बजारबाट छिट्टै आउनु भएछ ढोका ढकढकको आवाज आएपछी उनि जोगिईन!
अनि भोलिपल्ट आफ्नो साधिलाई सबै कुरा भनेपछि उनको सल्लाह बमोजिम
केही दिन उनको घरमा बस्ने अनि एउटा रुम लिएर भाडामा बस्ने निधो गरिन
त्यो घर छोडिन अनि २/४ दिन पछि कबिताको बुबाले एउटा घरमा भाडा मिलाईदीनु भयो अनि एक दुई दिन पछि एउटा होम टिउसन क्लास पनि मिलाई दिनु भयो अब उनि आफनो रुममा थिईन बिहानै कलेज अनि रुममा पकाएर खायो अनि २ बजे देखि ४ बजे सम्म होम टिउसन पढाएर घर फर्किन्थिन !
घरबेटी पनि क्षेत्री भएकोले सारै मजाको सहयोगी हुनुहुन्थ्यो तर जतिसुकै
सहयोगि भएपनि प्रत्यक महिना भाडा अनि कलेजको फि खाना सबैको लागी उनलाई धौ धौ थियो !
बुबा आमालाई मागौ भने वहाहरु आफै अफ्ट्यारोमा हुनुहुन्थ्यो त्यसैले उनले बिहान कलेज जानेर दिनभरको समयमा फुलटाईन जब गर्ने निधो गरिन !
एउटा मेनपावरमा भ्याकेन्सि देखिन अनि फोन गरिन !त्याहाको सबैकुरा राम्रो र चित्तबुझ्दो लागेर भोलिपल्ट सबै डकुमेन्ट लिएर अफिस गईन !रिसिप्सनिस्टको जब गर्नु पर्ने रहेछ ईन्चर्भ्यु पनि सरले लिनु भयो भोलिपल्ट फोन आयो सरला बधाई छ तिमी ईन्टरभ्यिमा पास भयौ महिनाको बारहजार दिने सहमतिमा सरला त्यो अफिसमा जान रेडि भई ! बिहान कलेज गएर लास्टको एउटा पिर्योड छोडि अनि होमटिउसन पनि सकिसकेकी थिई उनलाई नयाॅं जब पाएकोमा खुसी भएर घरमा पनि फोन गरी सबैकुरा बाआमालाई सुनाई बिस्तारै सबै कुरा राम्रो हुदै थियो समय एकदम बेस्त थियो पढाई जब कहिलै एक्स्ट्रा टाईम हुदैन थ्यो उनलाई रातको समयमा अलि अलि पढ्थिईन खाना र नास्ता अफिसले नै दिन्थ्यो !त्याहाॅं कयौ बिदेस खाडिमुलुक जानको लागि आबेदन भर्ने मान्छेहरु आउने गर्थे उनि सबैसॅंग मिठो बोल्न हासेर जवाफ दिने गर्थिन त्यसै गर्दै दिनहरु बित्तै थियो एक दिन एक्कासि फोन आयो त्यो अफिसको हाकिमको मलाई एउटा अर्जेन्ट काम छ तिमी अर्को स्ठापलाई तिम्रो ठाउमा राखेर आउ भन्नु भयो ठाउनो नाम दिईयो सरला होला अफिसको केही काम जानु पर्यो भनेर गईन बिस्तारै अफिसको हाकिमले एउटा सानदार कारमा राखेर लग्नु भयो! सरलाले बिस्वासै नहुने गरी एउटा होटलमा सानो मिटिङ्ग छ अनि हामि अफिस जान्छौ भनेर भनियो उनि बिस्वास गरेर गईन बिस्तारै होटलमा लगेर उनलाई जबर्जस्ति नराम्रो काम गरियो मुख पुरै छोपेर
हातखुट्टा हलचल गर्न गारो भएको थियो बिस्तारै त्याहैबाट बाहिर आएर चिच्याउन लाग्दा उनलाई सबै फोटोहरु देखाएर एक सब्द बोलिस भने तेरो पुरै नग्न सरीर सामाजिक सन्जालमा पोस्ट गरिने धम्कि दिईयो !
सरला हरपल त्यस्तो ज्याजति सहेर बसिरहेकि छिन किनकी उनलाई
आफ्नो घरपरीवार तथा साथिभाई सॅंग आफ्नो पुरै ईज्जत जान्छ भन्ने पिरले!!!!
जमुना क्षेत्री
ईटहरी,सुनसरी
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved