धरान- धरान ११ मा परिवारको सबै सदस्यलाई घरेलु हातहतियार प्रहार गरी घाइते बनाउने तीन जना पक्राउ गरेको छ I
पक्राउ पर्नेमा धराने ११ का २८ बर्षिय सुजन तामाङ ,२६ बर्षिय सुदिप तामाङ, २० बर्षिय सनिर तामाङ रहेको छI हिजो राति ९ बजेको समयमा हातमा घरेलु हारहतियार समेत बोकि धरान ११ बस्ने ३९ बर्षिय सुदशर्न श्रेष्ठको घरमा प्रवेश गरी सुन्दर श्रेष्ठको निजको बुबा ६९ बर्षिय कुल बाहादुर प्रधान ,दिदि ४४ वर्षीया goma shrestha तथा छिमेकी ७० बर्षिय पार्वती राई घरेलु हातहतिय प्रहार गरि घाइते बनाएको भनि इलाका प्रहरीका कार्यालयमा सूचना प्राप्त हुनासाथ पक्राउ गरिएको इलाका प्रहरीकार्यालय धरानले जनाएको छ I
उनीहरुलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्यद थप हरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved