प्रदेश १मा प्रहरीको नक्कली परीक्षा दिने विराटनगरबाट ६ जना नियन्त्रणमा

  • प्रकाशित मितिः श्रावण २१, २०७८
  • 539 पटक पढिएको
  • समय अनलाइन

 प्रहरी जवान पदको परीक्षामा ६ जना नक्कली परीक्षार्थी फेला परेका छन् । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरले लिइरहेको परीक्षामा सहभागी उनीहरुलाई अन्तरवार्ताका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अरूको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई बुधबार पक्राउ गरेर तालिम केन्द्रले आवश्यक कारबाहीका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ ।

पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, धनकुटा शहीदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई र २७ वर्षीय राजकुमार राई रहेका छन्।

सूर्यले संगम र सागरसँग एक लाख १८ रूपैयाँ तथा सरोजसँग दुई लाख रूपैयाँ लिएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । अन्तर्वार्तामा पनि सूर्य आफै परीक्षार्थी बनेर सहभागी भएको खुलेको छ ।

परीक्षार्थी तयार पार्ने काम राजकुमारले गरेको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved