कथा हिजोको कार्यक्रम भबिष्यका पीढिका लागि डर लग्दा र रोमान्चक इतीहास ,भाषा ,संस्कार ,आदि जोगाउने कार्यक्रम हो । कथा हिजोको कार्यक्रम को मुख्य उद्देश भनेको अब आउँदो पीढिका लागि इतिहास जोगाउने ,दुख र सुख को अर्थ बुझाइ जिवन जिउन प्रेरित गराउनु हो ।
कथा हिजोको टिम ७५ बर्ष भन्दा माथी उमेर पुगेका वृद्ध आमा बुवाहरुनीर गइ उहाँ हरुले बिताउनु भएका जिन्दगी को बारे प्रत्यक्ष रुपमा भेटी जानकारिहरु लिने गर्छन । त्यहि क्रममा कथा हिजोको टिम लाई आभास भयोकि वृद्ध आमा बुवा हरु लाई आर्थिक सहयोग गर्न सके उहाँहरु कति खुसी हुनुहुन्थ्यो र उहाँ हरु को अलिकती भएपनि आर्थिक समस्याको हल हुन्थ्यो । त्यसैले कथा हिजोको टिम मिलेर च्यारिटि गर्न सुरु गरेका छन । उनिहरु असक्त वृद्धि आमा बुवा हरु लाई आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरु को खोजिमा छ्न । यस कार्यक्रम /प्रोजेक्ट को संस्थापक सुजन कुवर हुनुहुन्छ ।
इतिहासका कुरा बितेका पलका कुरा सङगालनकै निम्ति कथा हिजोको टिम लम्जुङ ,स्याङ्जा ,कृस्ती ,ताङ्तिङ , याङजाकोट ,पामे , ठुलोखेत र हाल पुर्बी नेपालको विभिन्न भागमा पुगिरहेका छन ।
नयाँ ठाउँ अनि नयाँ गन्तब्य सङसङै नया आभाष पनी । त्यही गन्तव्य मा पुग्नको लागि चुनौती हरु पनि नयाँ नै ।बिभिन्न चुनौति हरु को समना गर्दै कथा हिजो को टोलि गन्तव्यमा पिगेरै छाड्छन र बिगतको इतिहासलाई कैद गरि नयाँ पिढी लाई जानकारी दिदै र कुनै अशक्त बुबा आमाहरू मा समस्या भए त्यस्को समाधान गर्न सहयोग गर्ने कुरा संस्थापक सुजन कुवर ले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved