हिरासतभित्र आत्महत्या प्रकरण: गृहको टोलीले छानबिन

  • प्रकाशित मितिः कार्तिक १०, २०७८
  • 485 पटक पढिएको
  • समय अनलाइन

 

 

असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवाको आत्महत्या घटनाको अनुसन्धानको लागि गृह मन्त्रालयको अध्ययन तथा छानबिन समितिले घटनाको छानबिन गरि फर्किएको छ ।

गत ७ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको छानबिन समितिले इनरुवा आएर दुई दिन घटनाको छानबिन गरि फिर्किएको हो । 

छानबिन समितिमा गौतमसहित प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम इनरुवा आएका थिए ।

छानबिन समितिले हिरासत भित्र कसरी थुनुवाले आत्महत्या गर्न सम्भवत भयो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंह थापा, डीएसपी नरेन्द्र कार्कीसँग बयान लिएको थियो । यस्तै घटना हुदाँका डिउटी अफिसर, सेन्ट्री कमान्डर र सेन्ट्रीहरुसँग घटनासँग पनि बयान लिएको छ । घटना हुँदा असई बिरेन्द्र यादव डिउटी अफिसर थिए भने हबलदारको कमान्डमा ४ जना प्रहरी सेन्ट्रीमा खटिएका थिए । 

छानबिन समितिले प्रहरी अलावा हिरासतमा रहेका केही थुनुवाहरुसग पनि सोधपुछ गरेको थियो । समितिले घटना हुदाको सिसिटिभी फुटेजको समेत अध्ययन गरेको छ । 

यस्तै छानबिन समितिले मृतक परिवारका आफन्तसँग पनि भेटघाट गरेको थियो । गौतमको संयोजकत्वमा रहेको छानबिन समितिले अन्य जिल्लामा पनि हिरासत तथा कारागारमा घटेका घटनाको छानबिन गरि सुझावसहितको प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ । 

यता जिल्लागत हिसाबले सुनसरीका सहायक प्रजिअ आनन्द पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले पनि काम गरिरहेको छ । ७ सदस्य समितिले प्रहरी हिरासत भएको घटना र त्यसपछि परिस्थितिको अध्ययन अनुसन्धान गरिरहेको सहायक प्रजिअ आनन्द पौडेलले अपराध न्युजलाई जानकारी दिए ।

‘छानबिन भइरहेको छ,स्थानीय तहका जनप्रतिनिधि पनि छानबिन समितिमा छन्’ पौडेलले भने ‘अब मृतक परिवारसँग भेटघाट गर्न बाँकी छ ।’  गृह मन्त्रालयबाट आएको छानबिन समितिले आफ्नो काम सकेर फर्किएको समेत पौडेलले जानकारी दिए । 

गत असोज २४ गते अभद्र व्यवहारको कसुरमा भोक्राहा ५ का २५ वर्षीय मोहम्मद हकिम साहले हिरासत भित्रै पासो लगाए आत्महत्या गरेका थिए । यो घटनापछि मृतक परिवारले प्रहरीमाथि आक्रोश पोख्दै प्रर्दशन गरेका थिए । जस कारण प्रहरीसहित धेरै सङ्ख्यामा प्रर्दशनकारी घाइते भएका थिए भने एक घरमा आगजनी गरिएको थि

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved