इलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको कार्यालय भवन, तथा आवास गृहको उद्घाटन गदै आईजिपी

  • प्रकाशित मितिः कार्तिक १०, २०७८
  • 504 पटक पढिएको
  • समय अनलाइन

नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनु भएको छ । समाजको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा अब प्रहरी कर्मचारीहरूमा नयाँ सोच र धारणा आउनु पर्ने तथा काम कारबाहीमा रूपान्तरण हुनुपर्ने अबको आवश्यकता रहेको बताउनुभयो ।

नव निर्मित इलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको कार्यालय भवन, तथा आवास गृहको उद्घाटन गदै आईजिपी क्षेत्रीले यस्तो धारणा राख्दै प्रहरी अब नयाँ सोचका साथ अगाडि बढ्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरूलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्ता प्रहरी सेवाका कार्यहरूमा प्रतीक्ष्य असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भए सँगै नागरिक सेवामा अब विगतका दिनहरू भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नव निर्मित भवनको योगदान रहने विश्वास व्यक्त गर्नु भयो ।

२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई यस्ता भौतिक सुविधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै थप जोस र ऊर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको थियो ।

इलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको साँढे २ तले कार्यालय भवन तथा आवास गृह २ करोड, ६६ लाख, ३३ हजारको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved