पोषण प्रशिक्षणमा अब्बल बन्दै पोषणबिद सबिन

  • प्रकाशित मितिः कार्तिक १०, २०७८
  • 3388 पटक पढिएको
  • समय अनलाइन

नेपाल सरकारको पोषण सम्बन्धि एउटा महत्त्वपूर्ण कार्यक्रम हो बहुक्षेत्रिय पोषण योजना । यो कार्यक्रम अन्तर्गत  स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धि क्षमता अभिबृद्धी , व्यबहार परिवर्तन , सहि तरिकाको खानपान, कुपोषणको जाँच र त्यसको उपचार तथा ब्यबस्थापन बारे तालिम मार्फत प्रशिक्षण गराउने गरिन्छ । जुन तालिम हो "बृहत पोषण विशेष कार्यक्रम" । हो यहीँ कार्यक्रम अन्तर्गत विभिन्न पालिकामा बृहत पोषण सम्बन्धि  प्रशिक्षण गराउने एक प्रशिक्षक हुनुहुन्छ पोषणबिद सबिन पौडेल (चन्द्रमणी)।
२०१५ मा त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत  केन्द्रिय प्रविधि क्याम्पस , धरान , हात्तिसारबाट पोषण तथा आहार बिज्ञानमा स्नातक गर्नुभएका पौडेल हाल प्रदेश न: १ र २ का विभिन्न पालिकाका स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धि प्रशिक्षण गराएर दिनचर्या बिताईरहनु भएको छ। हाल सम्म धनकुटा , सुनसरि, उदयपुर , धनुषा , पर्सा लगायत अन्य जिल्लाका विभिन्न पालिकाहरुमा तालीम सम्पन्न गरिसक्नु भएको छ।

नेपाल डाईटिसियन संघका कार्यकारी सदस्य समेत रहनु भएका पौडेल भन्नुहुन्छ "नेपालमा कुपोषणको बिगबिगी भएतापनि सरकारले पोषण सम्बन्धि कार्यक्रमहरुको बेवास्ता गर्नु र देशमा भएका दक्ष जनशक्तिको परिचालन नगर्नु दु:ख लाग्दो कुरा छ। म कुनै सरकारी तथा निजि संस्थाको कर्मचारी हैन तर पनि नेपाल सरकारको कामलाई भने भरपुर सहयोग गर्न लागिपरिरहेको छु ।                                नेपाल सरकारका विभिन्न पालिकाहरुमा रहनुभएका स्वास्थकर्मीहरुलाई पोषण सम्बन्धी ज्ञान , शिप, व्यबहार तथा क्षमता अभिबृद्धी र कुपोषणको लेखाजोखा र उपचार सम्बन्धी सहजीकरण गर्न सहयोग गरिरहेको छु जस्ले गर्दा हाम्रा कुपोषित बालबालिकाहरुको उपचार र समग्र रास्ट्रको पोषण अवस्थामा सुधार गर्न सहयोग पुगोस भन्ने मेरो चाहाना छ। "

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved