भीम आचार्य नेतृत्वको सरकार फेरिनेमा अझै अन्योल कायमै छ।

  • प्रकाशित मितिः कार्तिक ११, २०७८
  • 661 पटक पढिएको
  • समय अनलाइन

 भीम आचार्य नेतृत्वको सरकार फेरिनेमा अझै अन्योल कायमै छ।

सत्ता स्वार्थ र आन्तरिक विवादका  १५ गते तय भएको आचार्य नेतृत्वको सरकारको छिनोफानो हुने नहुने अझै निश्चित हुन सकेको छैन।

फ्लोरक्रसको हल्ला चलाएर कात्तिक ७ गते आइतबारको बैठक कांग्रेसका प्रमुख सचेतक केदार कार्कीका स्वकीय सचिव दिवश राजवंशीले स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए।

त्यसपछि नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि एमालेको अधिवेशनका कार्यक्रम रहेकाले कात्तिक १५ गते बैठक राख्न माग गर्दै अर्को निवेदन दर्ता गराएका थिए।

प्रदेशसभामा शुक्रबार पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलसहित मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आइतबार साढे १२ बजे समय तोकेका थिए।

गठबन्धन भित्रको ठूलो दल कांग्रेस भएकाले आलोपालोमा कांग्रेसको सरकार बन्नुपर्ने माग राख्दै आइरहेका छन्। अब बन्ने सरकारमा जाने मन्त्रीका लागि पनि हानाथाप छ।

ओलीको बोलीले ल्याएको तरंग

कांग्रेसका केही सांसदहरूले नेतृत्वसँग पदको बार्गेनिङ गरेको आरोपसमेत खेपिरहेका बेला कात्तिक ९ गते प्रेस चौतारी मोरङको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले प्रादेशिक राजनीतिलाई नयाँ मोड दिएको छ।

ओलीले पत्रकारको जिज्ञासाको जवाफ दिँदै प्रदेश १ सरकारमा जे पनि हुनसक्ने बताएका थिए। उनले भनेका थिए, ‘बैठक किन १५ गतेसम्म गइरहेको छ, त्यो पनि थाहा पाइराख्नु भयो भने जे पनि हुनसक्ने सम्भावना रहन्छ। त्यसै प्रदेशसभा सरेको छैन।’

पछिल्लो समय ओलीको अभिव्यक्तिसँगै कांग्रेसले प्रदेश १ सरकारमा आधा कार्यकाल नेतृत्व गर्न नपाए अन्य दलको समर्थनमा एकल सरकार बनाउने तयारी गरेको कांग्रेसको एक नेताले बताए।

"कांग्रेससँग चाबी छ"

कांग्रेसले सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गर्ने सम्भावनाको समेत चर्चा चलिरहेका समयमा कांग्रेस सचेतक कार्कीले कांग्रेसको नेतृत्वमा प्रदेश १ सरकार बन्न सक्ने ‘चान्सेस’ रहेको बताए।

हालको गठबन्धनसँग नटाढिइकन गठबन्धनमै रहेर नेतृत्व लिने तयारी रहेको बताउँदै उनले भने, ‘हामी कतै जाँदैनौ, हाम्रो पसल छ। हामी चाबी बोकेर बसेका छौँ, चाबी भएकालाई चाबी खोलाउन जो पनि आउँछ ।’

कांग्रेस र एमाले सहकार्य गर्ने भन्ने छ नि ? प्रश्नमा उनले केन्द्रीय गठबन्धनअनुसार नै अघि बढ्न कांग्रेस दृढ रहेको बताए। उनले भने, ‘त्यहीअनुसार अघि बढीरहेका छौं।’

एमालेसँग कांग्रेस सहकार्यको चर्चा आफूलाई थाहा नभएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए। उनले भने,‘यो गठबन्धनलाई छोडेर अर्कोतिर जाने भन्ने केही कुरा छैन।’

पूर्वप्रधानमन्त्रीले बैठक त्यसै सरेको हो र ? भन्ने अभिव्यक्तिलाई लिएर आएका समाचारको खण्डन गरिएको भए पनि अन्य विषय आफूलाई थाहा नभएको उनले जिकिर गरे।

आलोपालोको औपचारिक प्रस्ताव आएको छैन : आङ्बो

पाँचदलीय गठबन्धनमा रहेको कांग्रेसले नेतृत्व आलोपालोको प्रस्ताव औपचारिक रुपमा नराखेको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।

‘उहाँहरूले औपचारिक रुपमा आलोपालोको प्रस्ताव हामीसँग राख्नुभएको छैन। उहाँहरूले केही विषयवस्तु उठान ल्याउनु भएको थियो,’ उनले भने, ‘नेपाली कांग्रेसको आन्तरिक मामिलामा हामी पस्ने कुरा पनि भएन।’

उनले केन्द्रको गठबन्धनको निर्णय भएकाले प्रदेशबाट चाहेर केही गर्न नसकिने र त्यतिन्जेलसम्म अहिलेको सरकारलाई बिदा दिएर नमिलेका कुरा पछि मिलाउँला भन्ने विषय कांग्रेससामु प्रष्ट राखेको बताए।

उनले भने, ‘उहाँहरूले दिनुभएको स्पष्टीकरणमा आफ्नो दलमा केही प्राविधिक कुराले समस्या आएको हो भन्ने छ,’ कांग्रेस गठबन्धनको निर्णयमा अडिग रहे कात्तिक १५ गते सरकारको छिनोफानो हुने दाबी उनले गरे।

प्रदेशमा गठबन्धनको बैठक शनिबार बस्ने जानकारी उनले दिए। उनले भने, ‘कसरी अघि बढ्ने भन्ने ठोस तर्जुमा गर्छौं।’

विभाजनसँगै प्रदेश १ मा एमाले नेतृत्वको सरकार अल्पमतमा

९३ प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजनसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ।

संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रदेशमा सत्तारूढ दल एमालेसँग अहिले ४१ जना मात्र सांसद छन्।

मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन विश्वासको मत लिन ४७ सांसद चाहिने भए पनि अहिलेकै अवस्थामा पुग्न सक्ने देखिँदैन।

एकीकृत समाजवादीमा १० जना प्रदेश सांसद खुलेर संगठित भएकाले पनि मुख्यमन्त्री आचार्यलाई प्रदेशमा बहुमत पुर्‍याउन सकस देखिन्छ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved