राजीनामा दिँदै भीम आचार्य, राजेन्द्र राई भन्छन् : मुख्यमन्त्री हुँदै

  • प्रकाशित मितिः कार्तिक १५, २०७८
  • 540 पटक पढिएको
  • समय अनलाइन

१ का मुख्यमन्त्री भिम प्रसाद आचार्यले प्रस्ताव गरेको विस्वासको मतको प्रस्तावमाथि आज मतदान हुंदै छ । आज दिउसो १२ः ३० मा डाकिएको प्रदेश सभाको बैठकमा मत विभाज गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस अघि गत कार्तिक ७ गते नै मत विभाजनको कार्यसूचि रहेको थियो तर, एमाले र कांग्रेसको आग्रमा बैठक कात्तिक १५ गतेसम्मलाई सूचना टाँस गरेर स्थगित भएको थियो । यसैबिच प्रदेश १ को विपक्षी गठबन्धनले प्रदेशसभामा हुने विश्वासको मत सम्बन्धि मत विभाजनमा मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय समेत गरेको नेता राईले जानकारी दिए । गठबन्धनको निर्णयअनुसार आफू मुख्यमन्त्री बन्ने उनको भनाई छ । सरकार लामो समय अबैधानीक ढंगले चलेको उल्लेख गर्दै उाले यस अबधिमा भएगरेका निर्णलाई समेत हेर्नुपर्ने बताएका छन् ।

प्रदेशसभामा सत्तारुढ एमाले अल्पमतमा छ भने विपक्षी गठबन्धन बहुमतको अवस्थामा छ । ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यले ३९ मत मात्र पाउने अवस्था देखिएको छ । प्रदेशसभामा एमालेका ४१ सांसद रहे पनि सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार छन् ।

विपक्षी गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छन । गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved