दसहाराले सरकारीको मुल्य, मान्यता, विनियम भन्दा बाहिर गएर ऋणीहरु संग चर्काे व्याज असुली

  • प्रकाशित मितिः कार्तिक २६, २०७८
  • 964 पटक पढिएको
  • समय अनलाइन

           जीवन फुयाल /(  ्इटहरी÷मलंगवा केन्द्रय कार्यालय रही इटहरीमा शाखा कार्यालय रहेको दसहारा बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरुलाई बेसहारा बनाएको छ ।
दसहाराले सरकारीको मुल्य, मान्यता, विनियम भन्दा बाहिर गएर ऋणीहरु संग चर्काे व्याज असुली गरिरहेको सेवाग्राहीहरुको गुनासो आउने गरेकाछन् । सहकारीहरुले १४ दशमलव ७५ भन्दा बढी व्याज लिन नपाउने भनी व्याज निर्धारण समितिले व्याज तय गरेको राष्ट्रिय सहकारी महासंघ लि.का लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठले बताए । दसहारा सहकारी संस्था लि.का इटहरीका मेनेजरसंग मोवाइल नं. ९८६३७४७१०४ मा सम्पर्क गरि जिज्ञासा राख्दा वाहा बोल्न चाहनु भएन ।
इटहरी उपमहानगरपालिका वार्ड नं. ६ निवासी युवराज श्रेष्ठले करिव २ वर्ष अघि दसहारा सहकारीमा जग्गा धितो राखेर ३० लाख ऋण लिएका थिए । प्रेसरको विरामी भएका श्रेष्ठको २०७७ साल फागुन २२ गते उपचारका क्रममा निधन भयो । उपचारमा धेरै खर्च भए पनि बचाउन नसकिएको परिवारको भनाई छ । युवराज श्रेष्ठले लिएको ऋण छोरा गणेश श्रेष्ठले १८ लाख बुझाई सकेका छन् । दसहाराले ऋण दिने समयमा १६ प्रतिशत व्याज लिने भनी तमसुकमा सही गराएको भए पनि हाल २६ प्रतिशत व्याज लिएकोले आफूलाई ऋण तिर्न समस्या परेको श्रेष्ठका परिवारहरुको भनाई छ ।
पति विरामी हुनु भयो उपचारका लागि धेरै खर्च गर्नु प¥यो २०४६ साल चैत्र महिना देखि देशभर लकडाउन लागेकाले पेसा व्यवसाय केही चलेको छैन । ऋण तिर्न गाह्रो भयो लकडाउनमा अन्य सहकारीले व्याजमा छुट दिने गरेकाछन् हामीलाई १६ प्रतिशत बाट बृद्धि गरेर २६ प्रतिशत व्याज पु¥याइयो । चर्को व्याजका कारण ऋण चुक्ता गर्न समस्या परेका भनी भौतारी रहनु भएको छ । वाहा जस्लाई भेटे पनि दसहाराले चर्को व्याज लिएकाले ऋणको बोझमाथी बोझ थपिएको भन्दै सबै संग विलौना गर्दै आउनु भएको छ ।
लक्ष्मी श्रेष्ठका अनुसार द सहाराका बोर्डका पदाधिकारीहरु संग पनि व्याज चर्को भयो तिर्न सकिएन कोरोनाको समयमा व्याजमा छुट दिनु पर्नेमा उल्टै चर्को व्याज पर्न गएको गुनासो राख्दा हामी मिलाई दिन्छौं व्याजमा छुट गरि दिन्छौं भन्ने आस्वासन पाएको भए पनि हाल सम्म दसहारा सहकारीले २६ प्रतिशतले हिसाव गरी ऋण तिर्न दवाव दिदै आएको भन्ने गुनासो छ ।
सहकारीले १४ दशमलव ७५ प्रतिशत व्याज लिन हुँदैन भनेर भनेको अवस्थामा २६ प्रतिसत व्याज लिनु भनेको मानिसलाई बेसहारा बनाउने सोच हो । यसै गरी धरान उपमहानगरपालिकामा अवस्थित झरना बचत तथा ऋण सहकारी संस्थाले पनि ऋणीहरु संग बढी व्याज असुली गर्ने गरेको गुनासाहरु आउने गरेकाछन् ।
यीत प्रतिनिधिपात्रहरु मात्र हुन् यसरी विभिन्न बहाना बनाएर सहकारी सर्वसाधारण संग बढी व्याज असुली गर्ने गरेकाछन् । सहकारीले नाफा कमाउने उद्देश्य राख्नु हूँदैन शेयर सदस्यहरुलाई सेवा सुविधा दिने हो । बैंकहरुले बचत र ऋणको व्याजमा ५ प्रतिसत भन्दा फरक पार्न नमिल्ने भन्ने विश्वव्यापी नियम छ । बैंक भनेका नाफामुलक हुने हूँदा ५ प्रतिसत फरक को मान्यता राखिएको हो तर सहकारी भनेको नाफा मुखी नभएर सेवा मुखी भएकाले बढीमा ३ प्रतिसतको फरक राख्दा हुन्छ । सहकारीले शेयर सदस्यहरुसंग बढी व्याज लिनै मिल्दैन जुन सहकारीहरुले बढी व्याज लिएकाछन् ती सहकारी होइनन् सहकारीको नाम गरेर कम्पनी संचालन गरी रहेकाछन् त्यस्ता सहकारीलाई सरकारले खारेजी गर्ने ऐनमा व्यवस्था हुनु पर्छ । सहकारीहरु स्वायत्त छन् भन्ने अनि व्याज असुलीमा लागेर निमुखा जनतालाई बेसहारा पार्न पाइदैन ।
सरकारले सहकारीहरुको अनुगमन गर्नका लागि अधिकार सम्पन्न निकायको स्थापना गर्नु पर्ने हुन्छ हाल सम्मका निकायहरुले सहकारीको अनुगमन गरेको पाइदैन । सहकारीमा के कसरी अनियमितता भएकाछन् ती कुराहरु पत्ता लाउन नसक्ने, पत्ता लागे पनि कारबाही गर्न नसक्ने अवस्था छ । कानुनी अड्चन, सम्बन्धित निकायका व्यक्तिहरुको कमी कमजोरीको फाइदा उठाएर धेरैले सहकारीको नाममा लुट मचाएको अवस्था छ ।
सरकारले साना भन्दा साना छिद्रहरु हेर्न सक्ने अधिकार सम्पन्न निकाय स्थापना गरी सहकारीलाई सहकारीको मुल्य मान्यता अनुसार संचालन गराउनु पर्ने हुन्छ । सरकारले मापदण्ड तोकेरै यो काम गर्नु पर्ने भनेर तोकि दिने र ती मापदण्डहरु पुरा नगर्ने सहकारीलाई खारेज गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ । ]

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved