मुल्य बृद्धिको बिरोधमा बिधार्थी संगठनले बिरोध गर्नै

  • प्रकाशित मितिः कार्तिक २७, २०७८
  • 528 पटक पढिएको
  • समय अनलाइन

 

          सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै संयुक्त विद्यार्थी संगठनले विरोध गरेका हुन्।

यसैबीच शनिबार नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ। प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्। यसअघि शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका थिए। 

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्‍याएको थियाे। बुधबार मध्यरातिदेखि पेट्रोल, डिजेल/मट्टीतेलको मूल्यसमेत प्रतिलिटर ३–३ रुपैयाँले बढेको हो। 

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार प्रतिलिटर पेट्रोल १ सय ३६, डिजेल १ सय १९ र मट्टीतेल १ सय १९ रुपैयाँ पुगेको छ। आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर बढेको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर १ सय १ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ८ सय ९५ अमेरिकी डलर पुगेको छ।

ग्यास र इन्धनको भाउ बढ्दा गरिबको भान्सामा प्रत्यक्ष प्रभाव पार्छ भन्ने जान्दाजान्दै सरकारले यसको विकल्प नखोजेको अर्थविद् बताउँछन्। अर्थविद् ज्ञानेन्द्र अधिकारीले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा सर्वसाधारणलाई सास्ती पर्ने बताए। सरकारले इन्धनमा अत्यधिक कर उठाउने गरेको छ। जसकारण इन्धन र ग्यासमा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। तर, त्यसरी उठाइने राजस्वको सदुपयोग नभएको पाइन्छ। 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य निरन्तर बढिरहेकाले कात्तिक ३० पछि पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved