ओखलढुंगा / चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ । १४ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेकाे प्रदेश३-०१-०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियाे ।दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । गम्भीर घाइतेलाई काठमाडाैं लैजान हेलिकाेप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved