इटहरी/ प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले इलाका प्रहरी कार्यालय इटहरीको कमाण्ड सम्हालेका छन्। बिहिबार बिहानदेखि प्रनाउ खड्काले इटहरी प्रहरीको कमाण्ड सम्हालेका हुन्।
इटहरीमा यसअघि प्रहरी निरिक्षक(इन्सपेक्टर) छँदा काम गरिसकेका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का २ नम्बर शशस्त्र प्रहरी गण मुख्यालय जनकपुरबाट इटहरी आएका हुन्।
इटहरी प्रहरी प्रमुखको रुपमा रहेर चर्चा कमाएका एवं इटहरीमा तत्कालिन समयमा ब्याप्त बेश्याबृत्तिको जरो उखेलेका प्रनाउ बिनोद शर्मा एवं अहिले चितवन प्रहरी प्रमुख रहेका ओम अधिकारी इटहरी प्रहरी प्रमुख छँदा प्रनाउ खड्का इटहरीमा प्रहरी निरीक्षकको रुपमा काम गरिसकेका छन्।
पूर्वको प्रमुख शहर एवं चौरस्ताको रुपमा परिचित इटहरीमा शान्ति सुरक्षा प्रदान गर्न जिम्मेवारी पाउँदा आँफुलाई गर्व महशुष भएको खड्काको प्रतिकृया छ। सरोकारवाला सबैसँग समन्वय गरेर आँफु अगाडी बढ्ने खड्काको भनाई छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved