मुक्तक मिनार लोकार्पण मुक्तककार मीना चौलागाईको ‘मुक्तक मिनार’ सार्वजनिक

  • प्रकाशित मितिः मंसिर 4, 2078
  • 511 पटक पढिएको
  • समय अनलाइन

 काठमाण्डौमा आयोजित कार्यक्रममा समाजको अवस्थालाई चित्रण गरी लेखिएको मुक्तक संग्रह ‘मुक्तक मिनार‘ आज सार्वजनि क मुक्तक मिनार लोकार्पण
मुक्तककार मीना चौलागाईको ‘मुक्तक मिनार’ सार्वजनिक भएको छ ।
मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा      नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यत्मा उक्त कृति सार्वजनिक भएको हो । सो अवसरमा घिमिरेले मुक्तक संग्रहमा वर्तमान सामाजिक परिवेशलाई समेटेको बताएका छन् । आमसञ्चारका विभिन्न माध्यमको विकाससंगै साहित्यमा कलम चलाउनेहरुको संख्या बढेपनि गुणस्तरिय लेखनको कमी भएको चर्चा गर्दै चौलागाईको कृतिले धेरैलाई पाठ सिकाउने पनि उनको धारणा थियो । मुक्तक सङ्ग्रह आमा विषयबाट सुरु भई जिन्दगीको जोड घटाउमा टुंगीएको र समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलो रुपमा उतारिएको छ । पाठकको मन जित्न सक्ने खालको मुक्तक भएकोले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने पन कार्यक्रममा वक्ताहरुले धारणा राखेका छन ।
कार्यक्रममा संस्कृतविद् तिलक लुइटेल,साहित्यकार,राजन सिलवाल, कृष्ण धरावासी, रामकाजी कोने, गिरिराज डल्लाकोटी,प्राज्ञ विवश पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा सबैले आधुनिक साहित्यमा आवश्यक विचार सहितको कलाको कृति मीना चोलागाइको भएको र सबै खालका पाठकले पढ्ने खालको मुक्तक भएको धारणा राखेका छन् । सामाजिक यथार्थलाई सरल र स्पष्टरुपमा चोटिलो प्रहार गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै साहित्यले समाजको तत्कालीन परिवेशलाई उतार्ने भएकाले समाजका परिवेश बुझ्न सहज हुने विश्वास व्यक्त गरेका हुन् । यो सँगै कार्यक्रममा साहित्यमा रुचि राख्ने रञ्जिता चौलागाई,विनोद आकाश खत्री,पार्वती भट्ट लगायतले चौलागाईको केही मुक्तक वाचन पनि गरेका थिए । मुक्तककार मीना चौलागाईको पहिलो कृति ’मुक्तक मिनार‘ मा ३०६ वटा मुक्तक समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / samayaonline.[email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved