काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) मा सुवेक्छु देवान विजयी

  • प्रकाशित मितिः मंसिर ५, २०७८
  • 1144 पटक पढिएको
  • समय अनलाइन

    इटहरी उपमहानगरपालीकामा क्षेत्रमा कमजोर मानिएको देउवा समूह थप शक्तिशाली भएको छ । सुनसरी क्षेत्र नम्बर २‘क’ क्षेत्रको चुनावमा बहुमत पदाधिकारी देउवा टिमका चयन भएका छन ।                 नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) मा सुवेक्छु देवान विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा धनबहादुर पुरिलाई पराजित गर्दै देवान विजयी भएका हुन् ।

३११ क्षेत्रीय प्रतिनिधि मध्ये ३१० जनाले मतदान गरेका थिए । त्यसमध्ये देवानको पक्षमा १६५ मत र पुरीको पक्षमा १४१ मत खसेको छ भने ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै उपसभापतिमा घनश्याम खड्का र सरिता आङ्दाम्बे विजयी भएका छन् । सचिवमा संस्थापन प्यानलका चिन्तामणि सापकोटा र इतर प्यानलका महेश चौधरी विजयी भए भने सहसचिवमा कर्ण बहादुर बुढाथोकी र सुभद्रा राई विजयी भएका छन्।

इटहरीका सक्रिय पत्रकार पुरी र सामाजिक अभियान मार्फत राजनीतिमा उदाएका देवानको प्रतिस्पर्धालाई निक्कै रोचक रूपमा हेरिएको थियो । संस्थापन पक्षका देवान नेबिसङ्घ सुनसरी उपसभापति समेत हुन । यसअघि इटहरी उपमहानगर समितिको निर्वाचनमा हार बेहोरेको संस्थापन प्यानललाई देवानको जितले ढाडस दिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved