दुई इन्जिनियरको मृत्युको कारण खोज्दै मन्त्रालय, सुरक्षा मापदण्डवारे उठ्यो यस्तो प्रश्न

  • प्रकाशित मितिः पुष १३, २०७८
  • 404 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ । सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परिक्षणका क्रममा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ। इन्जिनियरहरुलाई कस्तो अवस्थामा काममा लगाइएको थियो, सुरक्षा मापदण्ड कस्तो थियो भन्ने विषयमा मन्त्रालयले अनुसन्धान गर्दैछ ।

मन्त्रालयले मंगलबार घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो। समितिले काम थालेको छ । मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको र त्यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिएका छन् ।

‘यो घटना के कति कारणले घट्यो भनेर विस्तृत अनुसन्धान गरिने उनले बताए । घटना अनुसन्धान पछि आएको रिपोर्ट अनुसार मापदण्ड बनाउने योजना मन्त्रालयको छ । आइतबार अपराह्न आयोजनामा कार्यरत् इन्जिनियर धुलिखेल नगरपालिका(४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर(२ का २६ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको थियो।

आयोजनाको पाइपलाइन परीक्षण गर्ने क्रममा अगाडिको वल्डिङ वि स्फो ट भएर थापा र रेग्मीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट भएपनि त्यसबारे विस्तृत अनुसन्धानका लागि समिति बनाइएको हो ।

तर, मापदण्डअनुसार पाइपलाइन बने नबनेको र पानी परीक्षणभन्दा अगाडि पाइपलाइन के कस्तो छ जाँच गरिएको नगरिएको, सुरक्षा मापदण्ड अपनाएको छ छैन सबै विषयमा समितिले काम गर्ने बताइएको छ । इन्जिनियरहरूको नियामक निकाय नेपाल इन्जिनियरिङ परिषदले भने यो घटनाको सत्यतथ्यबारे बुझ्ने काम भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved