कांग्रेस नेताको श्रद्धाञ्जली सभा गरेको घरमा आगजनी, अर्का नेताको मोटरसाइकल पनि जलाइयो

  • प्रकाशित मितिः पुष १३, २०७८
  • 494 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ । रोल्पामा नेपाली कांग्रेसका दुई नेताको घरमा आगजनी भएको छ । एक जनाको घरमा आगजनी भएको छ भने अर्काको मोटरसाइकल ज ला इएको छ । घटनामा संलग्नहरुको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । नेपाली कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकल र अर्का एक नेताको घरमा आगजनी भएको प्रहरीले जनाएको छ।

सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकल आइतबार अज्ञात समूहले आगजनी गरेको हो। कांग्रेस रोल्पा उपसभापति हरिबहादुर पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वली श्रद्धाञ्जली सभामा पुगेका थिए।

गंगादेव गाउँपालिका ४ का पार्टी वडा कार्यसमिति सदस्य गनबहादुर डाँगीको १३ औं पुन्यतिथिमा आइतबार श्रद्धाञ्जली सभा भएको थियो। उक्त कार्यक्रमका लागि सहसचिव वली मोटरसाइकलमा गएका थिए। उनी सवार रहेको उक्त मोटरसाइकल अज्ञात समूहले आगजनी गरेको हो।

श्रद्धाञ्जली कार्यक्रम सकेर नेताहरू स्थानीय गंगादेव गाउँपालिका ५ का नदु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समूहले उक्त घरमा पनि आगजनी गरेका छन्। घर र मोटरसाइकलमा आगजनी गर्ने समूहलाई खोजी गरी कानुनी कारबाही गर्न रोल्पा कांग्रेस सभापति किशोरकुमार आचार्यले आज विज्ञप्ति निकालेर माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved