प्रहरी प्रमुखलाई बिच सडकमा ल्याएर जनकारवाही गर्ने सिके राउतको धम्की

  • प्रकाशित मितिः पुष १३, २०७८
  • 553 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ । शान्ती पुर्ण राजनीतिमा आएको घोषणा गरेको जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने सार्वजनिक चेतावनी दिएका छन् ।​ आफ्ना कार्यकर्तालाई रिहा नगरे जनकारवाही गर्ने चेतावनी राउतले दिएका हुन् । सोमवार सीके राउतका कार्यकर्ताले सिरहामा आमहड्तालको क्रममा आगजनी गरेका थियो ।

घटनामा संलग्नहरु पक्राउ परेपछि राउतले यस्तो चेतावनी दिएका हुन् । पक्राउ गरिएका आफ्ना कार्यकर्ता लाई २४ घण्टाभित्र रिहा नगरे सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई जनकारवाही गर्ने सीके राउतको चेतावनी छ ।

सिरहाको औरही गाउँपालिकाको कार्यालयले राखिएको गहुँको बिउ वितरण गर्न ढिलो गरेपछि किसानहरुले लु टे र लगेका थिए । सोही घटनामा प्रहरीले किसानमाथि मु द्दा चलाएपछि जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

सिरहा प्रहरीको हिरासतमा रहेका सीके राउतका कार्यकर्ताहरुले दर्जनौँ गाडीमा ताडफोड गर्नुका साथै ट्रकमा आगजनीसमेत गरेका थिए । सीके राउत नेतृत्वको पार्टीले गरेको आमहड्ताल र उच्छृङ्खल गतिविधि नियन्त्रण गर्ने क्रममा स्थानीय प्रशासनले बुधबारसम्मका लागि सिरहामा निषेधाज्ञा जारी गरेको छ ।

मंलबार सीके राउतले गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकिलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचारसमेत गर्न नदिएको समाचार आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले धम्की दिँदै लेखेका छन्, ‘यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँगको व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ । २०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’

जनमत पार्टीका कार्यकर्ताहरुले यसअघि धनुषाको जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निर्माण व्यवस्थापन आयोजनाको कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई सीके राउतको घर अगाडिको सडक नबनाएको भन्दै दु र्व्य व हार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved