सुनसरीबाट दुई थान पेस्तोल सहित भारतीय नागरिक पक्राउ

  • प्रकाशित मितिः पुस १४, २०७८
  • 663 पटक पढिएको
  • समय अनलाइन

सुनसरी । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन ।  पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन । 

पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ । बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । 

प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको बिआर ५० के ०१४९ नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकल समेत बरामद गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले घटनास्थलबाट तीन राउण्ड गोली लोड रहेको एक थान र खाली म्यागजिन सहित अर्को थान गरी २ थान अटोमेटिक पेस्तोल बरामद गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा छापामारीको लागि होटल पुगेको प्रहरी टोलीले हतियार सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताए । 

थापाका अनुसार स्वयं भारतीय नागरिकले सोधपुछका क्रममा आफुहरु पेस्तोल बिक्रि गर्न नेपाल आएको प्रहरी समक्ष बताएका थिए । 

प्रहरीले पत्रकार सम्मेलनमा भारतीय नागरिकहरु कसलाई हतियार बेच्न नेपाल आएका हुन भन्ने विषय नखुलाएपनि नेपाल–भारत सीमा क्षेत्रमा हतियार कारोबारको विषय भने चुनौतीका रुपमा रहेको बताएको छ । 

पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोवारमा ठूलै गिरोहको संलग्ना रहेको हुन सक्ने आशंका जताएको सुनसरी प्रहरीले त्यसतर्फ अनुसन्धान अघि बढाइएको जनाएको छ । सुनसरी प्रहरीले हतियार सहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कार्वाहीको प्रकृया अघि बढाइएको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved